सिस्कोले चौथो त्रैमासिक कारोबार १६ प्रतिशत बढेर १५.२ बिलियन पुग्यो

Technology Khabar १ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

सिस्को सिस्टम्सले सन् २०२२ को तुलनात्मक अवधिमा १३.१ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ। सन् २०२२ को चौथो त्रैमासिक राजस्वको आधारमा १६ प्रतिशतले बढेर १५.२ बिलियन अमेरिकी डलर भएको रिपोर्ट गरेको छ।

सिस्कोको चोथौ त्रैमासमा शुद्ध आम्दानी २.८ बिलियनबाट ४१ प्रतिशत बढेर ४ अर्ब डलर भयो, जुन मेदेखि जुलाई २०२३ सम्म चलेको थियो।

कम्पनीको राजस्व सबैभन्दा धेरै आफ्ना उत्पादनहरूबाट भएकोछ जसले ११.६५ बिलियन डलर कमाई गरेको छ। यो वर्ष अघिको त्रैमासिकको तुलनामा २०.३ प्रतिशतले अधिक हो।

यसबाहेक कम्पनीले सेवा सेक्यूरिटीलगायतबाट आर्जन गर्ने गर्दछ।

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया