सामाजिक संजाल मार्फत हनी ट्यापमा संलग्न दुई व्यक्ति पक्राउ

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
सामाजिक संजाल मार्फत हनी ट्यापमा संलग्न दुई व्यक्ति पक्राउ

काठमाडौं ।

हनी ट्यापमा संलग्न दुई व्यक्ति पक्राउ पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले हनी ट्यापमा संलग्न एक महिला र पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई १३ स्थायी र हाल भक्तपुर सानोठिमी बस्ने आयुष्मा भन्ने आसिका भन्ने आसिका रजल मगर र दोलखा भिमेश्वर ५ स्थायी र हाल काठमाडौं तारकेश्वर बस्ने राजु खत्रीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

कार्यालयबाट अनुसन्धान गर्न खटिएको विशेष टोलिले साउन ३० गते घटनामा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरिएको हो। आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।

उनीहरुले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक संजाल मार्फत परिचालन गरेका थिए।

केटी र केटाहरुमा फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठ्ठा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दवाबमुलक ढंगले डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरी रकम असुल गर्ने गरेका थिए। उनीहरु माथि विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाई रकम असुल गरेको आरोप छ।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार