आईफोन १६ प्रो र प्रो म्याक्स ४८ मेगापिक्सेल अल्ट्रावाइड क्यामरा र वाइफाइ ७ का साथ आउने

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
आईफोन १६ प्रो र प्रो म्याक्स ४८ मेगापिक्सेल अल्ट्रावाइड क्यामरा र वाइफाइ ७ का साथ आउने

काठमाडौं ।

एप्पलको आईफोन १६ प्रो र १६ प्रो म्याक्स ४८ मेगापिक्सेल अल्ट्रावाइड क्यामरा र वाइफाइ ७ का साथ आउने भएको छ।

यस वर्ष अर्को महिना एप्पलले आईफोन १५ श्रृंखला अनावरण गर्ने अपेक्षा गरिएका बेला अर्को वर्षको आईफोन १६ लाइनअपको बारेमा चर्चाहरू चलेका हुन्।

नयाँ जानकारी हङकङको इन्भेस्मेन्ट फर्म हाइटोङ इन्टरनेशनल सेक्युरिटीजका प्राविधिक विश्लेषक जेफ पुबाट आएको हो।

रिसर्च नोटमा पुले एप्पल आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ एमपी अल्ट्रावाइड क्यामरा हुने दावी गरेका छन्। गत वर्षको आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा प्राथमिक क्यामराहरूले पहिले नै ४८ एमपी सेन्सर प्रयोग गरिसकेका तथा अल्ट्रावाइड क्यामरा अर्को वर्ष समान अपग्रेडको लागि हुने देखिएको छ।

त्यस्तै, पुले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सले पनि वाइ-फाइ ७ लाई समर्थन गर्ने दाबी गरेका छन्, जबकि आईफोन १५ प्रो र प्रो म्याक्समा वाइफाइ ६ ई मात्र हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Lost In Mandala’: Nepal’s first animated feature film to reach audiences through Apple Entertainment

  • Technology Khabar
  • ३२ श्रावण २०८०, बिहीबार