ह्वावेको इलेक्ट्रिक भेहिकल लक्सीड एस ७ का विशेषताहरु सार्वजनिक

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
ह्वावेको इलेक्ट्रिक भेहिकल लक्सीड एस ७ का विशेषताहरु सार्वजनिक

काठमाडौं ।

ह्वावेको लगानी रहेको आफ्नो नयाँ इलेक्ट्रिक भेहिकल लक्सीड एस ७ का विशेषताहरु सार्वजनिक भएका छन्।

लक्सीड एस ७ हाल ह्वावे र चेरि बीचको संयुक्त उद्यमले तयार पारेको मोडल भएको बताइएको छ। यो सवारी साधन दुईओटा, सिङ्गल र डुअल मोटर कन्फिगरेसनका साथ तीन भेरियन्टमा आउने उल्लेख छ। दुबै विकल्पहरू अधिकतम २१० किमी प्रति घण्टाका रहेका उल्लेख छ।

सिङ्गल-मोटर इटरेसनको अधिकतम उत्पादन २१५ किलोवाट रहेको, तथा दोस्रो मोटरले थप १५० किलोवाट थप्ने बताइएको छ। गाडीमा ह्वावेको सफ्टवेयर रहेको तथा ब्याट्री सिएटिएलद्वारा निर्मित रहेको छ।

डाइमेन्सेसनको हिसाबले, कारकाे लम्बाइ ४,९७१ मिमी, चौडाइमा १,८६३ मिमी तथा १,४७४ मिमी उचाइ र ह्वीलबेस २,९५० मिमी रहेको उल्लेख छ।

ह्वावेका सीईओले लक्सीड एस ७ हार्मोनी ओएस ४ मा चल्ने पहिलो गाडी हुने बताएका थिए।

केही दिन अघि लक्सीड एस ७ को संक्षिप्त पूर्वावलोकन पछि चिनियाँ एमआइटीद्वारा नयाँ सबै इलेक्ट्रिक कूपहरु रोकिएका थिए।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार