
काठमाडौं ।
शाओमीले आफ्नो नयाँ फोल्डेबल डिभाइस शाओमी मिक्स फोल्ड ३ चीनमा लन्च कार्यक्रम मार्फत पेश गरेको छ। उक्त कार्यक्रममा कम्पनीले स्मार्टफोनका साथै अन्य डिभाइस पनि सार्वजनिक गरेको छ। यी डिभाइस १६ अगष्टदेखि चीनमा बिक्रीका लागि उपलब्ध गराइने लाइभमिन्टले उल्लेख गरेको छ।
फोल्डेबल फोनको ग्लोबल लन्च मिति अझै खुलासा गरिएको छैन। यसको पूर्ववर्ती मिक्स फोल्ड २ को तुलनामा पातलो प्रोफाइलको छ।
विशेष रुपमा डिभाइसको भित्री स्क्रीनको लागि ८.०३ इन्छ र बाहिरी स्क्रीनको लागि ६.५ इन्चको डाइमेन्सन्समा डुअल ई६ ओएलईडी डिस्प्ले समावेश गरिएको छ।
शओमी मिक्स फोल्ड दुई कलर विकल्प मून स्याडो ब्ल्याक र जिंग्याओ गोल्डमा उपलब्ध छ। बेस मोडल १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको सुरुवाती मूल्य ८ हजार ९९९ चिनियाँ युआन तोकिएको छ। १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ९ हजार ९९९ चिनियाँ युआन र टप टायर १६ जीबी र्याम र १ जीबी स्टोरेजको मूल्य १० हजार ९९९ चिनियाँ युआन तोकिएको छ।
फोल्ड डिभाइसमा ८.०३ इन्चको प्राइमेरी ई६ एएमओएलईडी एलटीपीओ फोल्डेबल डिस्प्ले, एफएचडी प्लस रिजोल्युसन प्रदान गर्ने ६.५६ इन्च एएमओएलईडी कभर डिस्प्ले छ। यूएफएस ४.० प्रविधिबाट १ टीबीसम्मको स्टोरेज भएको स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ओक्टा कोर प्रोसेसर छ। डिभाइसले एन्ड्रोइड १३ मा आधारित एमआईयूआई १४ मा काम गर्छ। फोल्डेबल मेकानिजमले हिन्ज ४५ डिग्रीदेखि १४५ डिग्रीको रेञ्ज भित्र सहज रुपमा खोल्न अनुमति दिन्छ।
अप्टिक्सको लागि स्मार्टफोन क्वाड क्यामरा सेटअपसँग सुसज्जित छ। इसमा ५० मेगापिक्सेल सोनी आईएमएक्स ८०० मुख्य क्यामरा दिइएको छ। यसको साथमा १३–मेगापिक्सेल अल्ट्रा–वाइड–एंगल लेन्स, दुई १०–मेगापिक्सेल लेन्स तथा एउटा टेलिफोटो र एउटा पेरिस्कोप छ। यी सेन्सरहरू लेइका ब्रान्डिङ र एलईडी फ्ल्यास सहितको रेकटेङगुलर घेरा भित्र राम्रोसँग व्यवस्थित गरिएका छन्। सेल्फी र भिडियो कलका लागि अघिल्लो भागमा २० मेगा पिक्सेलको क्यामरा दिइएको छ।
शाओमी मिक्स फोल्डमा रहेको ४८०० एमएएच ब्याट्रीले ६७ वाट वायर्ड फास्ट चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ। पूर्ण क्षमतामा ब्याट्रीले ८ घण्टा २० मिनेट काम गर्ने कम्पनीको दाबी छ। ीडभाइसमा साइड माउन्टेन्ड फिङगरप्रिन्ट सेन्सर छ। कनेक्टिभिटीका लागि यूएसबी टाइप सी पोर्ट र एएफसी सपोर्ट गर्छ। यो डिभाइस अनफोल्ड गर्दा ४.९३ एमएम बाक्लो र फोल्ड गर्दा ९.८ एमएम लामो हुन्छ।
प्रकाशित: ३१ श्रावण २०८०, बुधबार