एमजीको एक्सचेन्ज अफर, पुरानो गाडीको सट्टा नयाँ एमजी जेडएस ईभी घर लैजाने मौका

  • Technology Khabar | २९ श्रावण २०८०, सोमबार
एमजीको एक्सचेन्ज अफर, पुरानो गाडीको सट्टा नयाँ एमजी जेडएस ईभी घर लैजाने मौका

काठमाडौं ।

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ। आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो। यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन्।

पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले भने, ‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ।’

साउन २६ देखि भदौं २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन्।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार