एथरको पहिलो एन्ट्री लेभलको इलेक्ट्रिक स्कुटर ४५०एस सार्वजनिक

  • Technology Khabar | २७ श्रावण २०८०, शनिबार
एथरको पहिलो एन्ट्री लेभलको इलेक्ट्रिक स्कुटर ४५०एस सार्वजनिक

काठमाडौं ।

एथर एनर्जीले भारतमा आफ्नो उपलब्ध प्रोडक्ट पोर्टफोलियो अपडेट गर्नुका साथै एथर ४५०एस इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। ४५०एस इलेक्ट्रिक स्कुटर एथरको एन्ट्री लेभल भेरियन्ट हो।

एथर ४५०एस र नयाँ ४५० एक्स मोडललाई नयाँ सेफ्टी परर्फमेन्स फिचर्सका साथ ल्याइएको छ। यसका साथै ४५०एसमा भारतमै पहिलो पटक डिपभ्यू डिस्प्ले दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। एथर ४५०एसको मूल्य १ लाख ३० हजार भारु तोकिएको छ।

एथर ४५०एसमा २.९ किलोवाट क्षमताको ब्याट्री दिइएको छ। स्कुटरले ११५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। एथर ४५०एसले ३.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टा गति लिन्छ तथा यसको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ।

स्कुटरमा डिपभ्यू डिस्प्ले, नयाँ स्विचगियर, फोलसेफ, इमरजेन्सी स्टप सिग्नल तथा कोस्टिङ रिजेन दिइएको छ। कोस्टिङ रिजेन फिचरले यस इलेक्ट्रिक स्कुटरको रेञ्ज ७ प्रतिशतसम्म बढाउँछ।

प्रयोगकर्ताले एथर ४५०एस चार्ज गर्नका लागि एथर ग्रिडको उपयोगन गर्न सक्छन्। यसबाट १.५ किलोमिटर प्रति मिनेट स्पीड चार्ज हुन्छ। हलको ४५०एक्समा यो अपग्रड दिइएको छ र यसलाई दुई विकल्प ११५ किलोमिटर रेञ्ज तथा १४५ रेञ्ज भेरियन्टमा उपलब्ध गराइएको छ।

४५०एस तथा ४५०एक्स दुबै इलेक्ट्रिक स्कुटरका यूजर्सलाई प्रो प्याक चयन गर्ने विकल्प मिल्छ। यसबाट राइड असिस्ट, एथर ब्याट्री प्रोटेक्ट, एथर स्ट्याक अपडेट तथा एथर कनेक्ट (३ वर्षसम्म निःशुल्क) प्राप्त हुन्छ।

यसमा ७ इन्च डिपभ्यू डिस्प्लेमा अटो ब्राइटनेस, १८ सेगमेन्ट क्यारेक्टर्सका छ। ४५०एस र ४५०एक्समा नयाँ स्विचगियर, वन क्लिक रिभर्स तथा एक जोयस्टिक दिइएको छ।

यसमा नयाँ इनबक्स टू स्कुटर फिचर दिइएको छ र यो अन्य एप मार्फत सिँधै एथर ड्यासबोर्डमा देखिन्छ। यस फिचरलाई एक्टिभेट गर्नका लागि यूजरसँग एथर एप हुन आवश्यक छ।

एथरको नयाँ इलेक्ट्रिक स्कुटर डेलिभरी फेज अनुसार सुरु गरिनेछ। सर्वप्रथम ४५०एक्स २.९ किलोवाट आवको डेलिभरी अगष्टको तेस्रो हप्ता, ४५०एसको डेलिभरी अगष्टको अन्तिम हप्ता तथा ४५०एक्स ३.७ किलोवाट आवरको डेलिभरी अक्टोबरदेखि सुरु हुनेछ।

प्रकाशित: २७ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार