शाओमी प्याड ६, म्याक्स १४ र ब्यान्ड ८ प्रो अगस्त १४ मा लन्च हुँदै

Technology Khabar २६ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

शाओमीले अगस्ट १४ मा एउटा ठूलो लन्च कार्यक्रम आयोजना गर्दैछ। उक्त लन्च कार्यक्रममा मिक्स फोल्ड ३ देखिने उल्लेख छ। यद्यपी किनोटमा मिक्स फोल्ड ३ बाहेक शाओमी प्याड ६, म्याक्स १४ (१४ इन्चको एन्ड्रोइड ट्याब्लेट) का साथै शाओमी ब्यान्ड ८ प्रो पनि लन्च गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

शाओमी प्याड ६ म्याक्स १४ मा पनि प्याड ६ प्रोको जस्तै समान स्न्यापड्र्यागन ८ प्लस जेन १ चिपसेट र १२ जीबीसम्मको र्याम समावेश भए तापनि नयाँ प्याड ६ म्याक्स १४ मा १४४ हर्ज रिफ्रेस रेटसहितको ठूलो १४ इन्च आईपीएस एलसीडी रहने अपेक्षा गरिएको छ।

त्यसैगरी ब्यान्ड ८ प्रोको टिजर पोस्टरहरू बाहेक शाओमीले अरू कुनै विवरणहरू साझा नगरेको उल्लेख छ। साथै गत वर्षको ब्यान्ड ७ प्रोको तुलनामा ब्यान्ड ८ प्रोको डिजाइन रिफाइन्ड भएको उल्लेख छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया