शाओमीले अगस्ट १४ मा ‘मिक्स फोल्ड ३’ घोषणा गर्ने तयारी

  • Technology Khabar | २५ श्रावण २०८०, बिहीबार
शाओमीले अगस्ट १४ मा ‘मिक्स फोल्ड ३’ घोषणा गर्ने तयारी

काठमाडौं ।

शाओमीले अगस्ट १४ मा आफ्नो ‘मिक्स फोल्ड ३’ घोषणा गर्ने तयारी गरेको छ। महिनौंको चर्चा र केही टिजरहरू पछि, कम्पनिले मिक्स फोल्ड ३ घोषणा गर्ने भएको हो।

नयाँ डिभाइस शाओमीका सीइओ लेइ जुनले प्रस्तुत गर्ने बताइएको छ। लेइ जुनद्वारा बेइजिङकाे स्थानिय समय ७ पीएम (११एएम यूटीसी )मा सुरु हुने वार्षिक वक्तव्य कार्यक्रममा मिक्स फोल्ड ३ सार्वजनिक गरिने तथा सम्बोधन गर्ने कार्यक्रम रहेकाे उल्लेख छ।

शाओमीले “कमजोरी बिनाको चारैतिर फ्ल्यागशिप” नाराका साथ नयाँ डिभाइस ल्याउने जानकारीमा उल्लेख छ। लेई जुन तथा मार्केटिङ पोस्टरले उपकरणलाई “फोल्डेबल डिस्प्लेको लागि नयाँ मानक परिभाषित गर्दै” भनेर वर्णन गरेका छन्।

त्यस्तै, वेइबोकाे छुट्टै पोस्टमा, लेई जुनले मिक्स फोल्ड ३ को विकास प्रक्रियाको विस्तृत विवरण दिँदै शाओमी ईन्जिनियरहरूलाई उपकरणको संरचना र यसको फोल्डिङ स्क्रिन पुनर्निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

शाओमीले मिक्स फोल्ड ३ को संशोधित डिजाइनलाई हाइलाइट गर्ने आधिकारिक टिजर भिडियो पनि सार्वजनिक गरेको छ। त्यहाँ पूर्णरूपमा नयाँ हिन्ज मेकानिजमको संकेतहरू पनि रहेका उल्लेख छ।

टिजर पोस्टरले मीक्स फोल्ड ३ को पछाडि चार लाइका ट्युन्ड क्यामराहरू देखाउँछ, जुन वास्तवमा लेइका ब्रान्डिङ र पेरिस्कोप लेन्स प्रस्तुत गर्ने बताइएको छ।

यद्दपी ,मिक्स फोल्ड ३ चीनको लागि मात्र उपलब्ध हुने अपेक्षा छ।

प्रकाशित: २५ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार