
काठमाडौं ।
गुगलले यसको खोज पृष्ठमा व्याकरण जाँच प्रकार्य थपेको छ।
यस फिचरमार्फत प्रयोगकर्ताहरूले व्याकरण जाँच प्रयोग गर्न सक्छन् र कुनै वाक्यांश वा वाक्य व्याकरणिक रूपमा सही तरिकामा लेखिएको छ कि छैन भनेर सुनिश्चित गर्न सक्नेछन्।
यसका साथै आवश्यक भएमा यसलाई सच्याउन पनि सकिनेछ।
कम्पनीले यो जाँच एक कृत्रिम बुद्धिमत्ता प्रणालीद्वारा संचालित भएको र विशेष गरी आंशिक वाक्यहरु संग, यो शत प्रतिशत सही नहुन सक्ने बताएको छ।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार