एप्पलले सेप्टेम्बर १३ मा आईफोन १५ सिरिजको घोषणा गर्ने अनुमान

  • Technology Khabar | २१ श्रावण २०८०, आईतवार
एप्पलले सेप्टेम्बर १३ मा आईफोन १५ सिरिजको घोषणा गर्ने अनुमान

काठमाडौं ।

एप्पलले आगामी सेप्टेम्बर १३ मा आफ्नो आईफोन १५ सिरिज घोषणा गर्ने ९टु५म्याकको नयाँ रिपोर्टले उल्लेख गरेको छ। साथै उक्त मिति बुधबारको दिनमा परेको र गत वर्षको आईफोन १४ सिरिजको घोषणा भन्दा छ दिन पछि हुने उल्लेख गरिएको छ।

अमेरिकी मोबाइल क्यारियरले कर्मचारीहरूलाई सेप्टेम्बर १३ मा “प्रमुख स्मार्टफोन घोषणा” को कारणले गर्दा उक्त दिनमा छुट्टी नलिन आग्रह गरेको भन्दै यस मामिलासँग परिचित रहेको धेरै स्रोतहरूलाई उद्धृत गरेर नयाँ रिपोर्टले दावी गरेको छ।

यो पक्कै पनि नन्–एप्पल रिलेटेड (सम्बन्धित) लन्च हुन सक्ने भएतापनि लन्च गरिन लागिएको उक्त समयले गर्दा यसलाई झन् वास्तविक बनाएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

आईफोन १५ सँग सम्बन्धित हालैका अफवाहहरूका अनुसार १५ प्रो मोडलहरूमा नयाँ क्यामराहरूका साथै स्लिमर बेजेल र टाइटेनियम फ्रेम रहने र १५ प्रो म्याक्समा पेरिस्कोप मोड्युल समावेश गरिने सुझाव दिएको उल्लेख छ।

त्यसैगरी भ्यानिला १५ र १५ प्लसमा डायनामिक आइल्याण्ड कटआउट्स रहने भएतापनि १२० हर्जको बारेमा हालसम्म कुनै जानकारी छैन्।

आईफोन १५ प्रोलाई यसको पूर्ववर्ती भन्दा १०० अमेरिकी डलरले बढी महंगो बनाउने अपेक्षा गरिएको छ भने यसको सुरुवाती मूल्य १,०९९ अमेरिकी डलर रहने उल्लेख छ।

साथै १५ प्रो म्याक्समा २०० अमेरिकी डलरको वृद्धि भएर सुरुवाती मूल्य १,२९९ अमेरिकी डलर पर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार