
काठमाडौं ।
डिजेआईले ओस्मो एक्सन ४ क्यामरा सार्वजनिक गरेकाे छ। ओस्मो एक्सन ३ को सार्वजनिक गरिएको एक वर्ष भन्दा कम समयमा नै कम्पनिले नयाँ संस्करण ओस्मो एक्सन ४ सार्वजनिक गरेकाे हाे।
एक्सन ४ संस्करण एक्सन ३ काे तुलनामा ठूलो सेन्सर-१/१.३ इन्चसहित १/१.७ इन्च बाट माथि आउने बताइएकाे छ। यसले पिक्सेल साइज १.६ माइक्रोमीटरबाट २.४ माइक्रोमीटरसम्म बढाउने उल्लेख छ।
एक्सन ४ क्यामराकाे लेन्स पहिलेकाे सिरिज जस्तै १५५ डिग्री एफओभी र एफ/२.८ एपर्चर युक्त रहेकाे छ।
यसको पूर्ववर्ती जस्तै, एक्सन ४ ले १२० एफपीएस र १३० एमविपीएस सम्म ४ के भिडियो रेकर्ड गर्न सक्नेछ। यसबाट उत्कृष्ट गुणस्तर प्राप्त गर्न, प्रयाेगकर्ताले १०-बिट डी-लग एम ढाँचामा शूट गर्न सक्नेछन्। क्यामराले ५१२ जीवीसम्म माइक्रोएसडी कार्डहरूलाई समर्थन गर्ने भएकाले प्रयाेगकर्ताले फाइलहरूलाई कम्प्युटरमा सार्न भन्दा पहिले थप रेकर्ड गर्न सक्ने छन्।
यसमा अगाडिको “एक्सन” लेबलमा रहेको “ओ” एक कलर टेम्परेचर सेन्सर रहेकाे जुन प्रकाशको परिवर्तनको अवस्थाअनुसार स्वचालित रूपमा एड्जस्ट हुनेछ। अडियोका लागि, बोर्डमा तीन ओटा माइकहरू रहेका तथा प्रयाेगकर्ताले ३.५ एमएम देखि यूएसवी-सी एडाप्टरमार्फत बाह्य माइक प्लग गर्न सकिने छ।
त्यस्तै, ब्याट्री लाइफकाे सन्दर्भमा, क्यामराले २.५ घण्टासम्म चरम चिसो अवस्थामा (-२० डिग्री सेल्सियस /-४ डिग्री एफ ) पनि रेकर्ड गर्न सक्ने उल्लेख छ। द्रुत चार्जिङको साथ, फ्ल्याट ब्याट्री १८ मिनेटमा ८० प्रतिशत सम्म ब्याकअप गर्न सकिने पनि उल्लेख छ।
एक्सन ४ क्यामरा पानीमुनि केस (क्यामराकाे खाेल) बिना १८ मीटर/ ५९ फिटसम्म डुब्दा फरक नपर्ने (यसकाे पुर्ववर्ती एक्सन ३ मा १६ मिटर/५२ फिटको तुलनामा) तथा गहिराइमा आवश्यक परेमा केस ( क्यामराकाे खाेल) सहित ६० मिटर/१९७ फिट सम्म मूल्याङ्कन गरिएको बताइएकाे छ।
नयाँ डिजेआई एक्शन क्यामरा रक स्टेडी ३.० प्लस र ३६० डिग्री हरिजन्टल स्टेडीसँग आउनेछ। त्यस्तै, प्रयाेगकर्ताले आफ्नो पीसीमा स्टेबलाइजेसन गर्न तथा एफओभीमा राम्रो नियन्त्रणका लागी जाइरोस्कोप डाटा रेकर्ड गर्न सकिने पनि बताइएकाे छ।
साथै ,डिजेआईले जीपीएस ब्लुटुथ रिमोट कन्ट्रोलर पनि प्रस्तुत गरेकाे छ, जसले क्यामरालाई भिडियोमा जीपीएस ट्र्याक थप्न अनुमति दिने तथा प्रयाेगकर्तालाई दुई बटन र सानो डिस्प्लेको साथ क्यामराको रिमोट कन्ट्रोल पनि दिने उल्लेख छ।
डिजेआई यसको दुई टचस्क्रिनहरू-२.२५” ६४०x ३६० पीएक्स पछाडि र १.४ ” ३२०x३२० पीएक्स अगाडि बाट नियन्त्रण गर्न सकिने बताइएकाे छ।
एक्सन ४ स्ट्यान्डर्ड कम्बोको लागत अमेरिकी डलर ४००/यूरो ४३० / पाउन्ड ३८० रहेकाे छ। एक्सन ३ क्यामराको लागि अमेरिकी डलर ३३०/यूरो ३६०/पाउन्ड ३१० भन्दा माथि रहेकाे थियाे। एडभेन्चर कम्बो (दुई अतिरिक्त ब्याट्री, ब्याट्री केस र १.५ मिटर/५ फीट एक्सटेन्सन रड सहित) अमेरिकी डलर ५००/यूरो ५३०/पाउन्ड ४७० मूल्य तोकिएको छ ।
प्रकाशित: २१ श्रावण २०८०, आईतवार