काठमाडौं ।
ओप्पोले आफ्नो प्रतिष्ठित लोगोको हरियो रंग हटाउने निर्णय गरेको छ। यसका साथै अबदेखि कम्पनीले कालो एसेन्टहरु प्रयोग गर्न थाल्नेछ।
चीनका अनलाइन प्रयोगकर्ताहरूले वेईबोमा प्रोफाइल इमेजहरुमा परिवर्तनहरू देखेको उल्लेख गरेका छन्।
हरियो एउटा महत्त्वपूर्ण ब्रान्ड कम्पोनेन्ट रहेको भन्दै कम्पनीले एक फ्यानलाई जवाफ दिने क्रममा भन्याे “अन्तर्क्रियात्मक दृश्य डिजाइनहरूमा प्रयोग गरिनेछ जहाँ ब्रान्डले प्रयोगकर्ताहरूकाे प्रत्येक दृश्यलाई समृद्ध बनाउन प्रयोग गरिनेछ।”
भविष्यमा, लोगोले बिस्तारै रङको प्रयोगलाई कम गर्ने तथा एक मोनोक्रोम फर्ममा देखापर्ने बताइएको छ। यसको अर्थ यसले हरियो मात्र नहटाएर – सबै रंगहरू हटाउने छ। यो कम्पनीको वेबसाइटमा देखिने छ, जहाँ हरियो स्क्वायरल हटेकाे तथा पृष्ठहरू पुन: डिजाइनमा गएका बताइएकाे छ।
ओप्पोको मार्केटिङ कम्युनिकेसनबाट हरियो लोगो बिस्तारै हटाउँदै लगिएको छ।
प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार