एप्पल र माइक्रोसफ्ट ग्लोबल मार्केट क्यापिटलाइजेशनको आधारमा शीर्ष स्थानमा

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

एप्पल र माइक्रोसफ्टले ग्लोबल मार्केट क्यापिटलाइजेशनको दौडमा शीर्ष स्थानहरू कायम राखेका छन्।

आर्टिफिसियल इन्टेलिजेन्समा ग्लोबल लिडर बन्नका लागि कडा प्रतिस्पर्धात्मक दौडमा रहेका एप्पल र माइक्रोसफ्टले जुलाई २०२३ को अन्त्यसम्मको बजार पूँजीकरणका आधारमा विश्वका दुई शीर्ष कम्पनीको रूपमा आफ्नो नेतृत्वदायी स्थान हासिल गरेका हुन्।

जुलाई महिनामा, एप्पलले अमेरीकी डलर ३ ट्रिलियनको बजार मूल्यमा पुग्ने पहिलो कम्पनी बनेर ग्राउन्डब्रेकिंग माइलस्टोन हासिल गरेको छ। यो अभूतपूर्व उपलब्धि नयाँ बजारहरूमा यसको विस्तार र अधिक मध्यम अमेरिकी ब्याज दर वृद्धिका लागि आशावादी अपेक्षाहरूद्वारा संचालित रहेको बताइएको छ। सन् २०२३ मा हालसम्म कम्पनीको स्टक ५१ प्रतिशतले बढेर एप्पल अल टाइम हाई बिन्दूमा पुगेको बताइएको छ।

त्यस्तै, माईक्रोसफ्टले पनि आफ्नो वित्तिय चौथो त्रैमास आम्दानीको लागि वाल स्ट्रीट अनुमानहरू पार गरेर आफ्नो पराक्रम प्रदर्शन गरेको छ। स्टेलर पर्फरमेन्सलाई यसको क्लाउड कम्प्युटिङ र अफिस सफ्टवेयर व्यवसायहरूको बलियो वृद्धिकाे श्रेय दिइएको छ। फलस्वरूप, माइक्रोसफ्टको बजार पूँजीकरण जुलाईको अन्त्यसम्ममा प्रभावशाली २.४९ ट्रिलियन अमेरिकी डलर पुगेको छ।

उत्पादन विज्ञप्तिमा दुबै कम्पनीहरूको रणनीतिक चालहरूले उनीहरूको प्रभुत्व कायम राख्नलाई महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। अप्रिल-जून त्रैमासिकको लागि एप्पलको आगामी आय घोषणाले उच्च प्रत्याशित नतिजा प्राप्त गरेको तथा ग्लोबल मार्केट लिडरको रूपमा आफ्नो स्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

अल्फाबेट र मेटा प्लेटफर्महरूका, साथै चिप निर्माता इन्टेल र लाम रिसर्च लगायतका अन्य टेक जायन्टहरूबाट बलियो त्रैमासिक आम्दानीले पनि फराकिलो बजारको मनोबल बढेको उल्लेख छ। यी सफलताहरूले समग्र बजारकाे सकारात्मकतामा योगदान पुर्याएको छ।

टेक्नोलोजीले उद्योगहरूलाई पुन: आकार दिन र नवप्रवर्तनलाई ड्राइभ गर्न जारी राख्दा, एप्पल र माइक्रोसफ्ट एआई प्रभुत्वको लागि दौडमा अग्रपंक्ति साबित भएका छन्। उनीहरूको उत्कृष्टता र रणनीतिक व्यापार निर्णयहरूको अथक प्रयासले उनीहरूलाई विश्वव्यापी बजार पूंजीकरण रेङ्किंङमा उनीहरूको शीर्ष स्थान कायम राख्न अनुमति दिएको उल्लेख छ।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार