परीक्षणमा क्रममा बैंगलोरको सडकमा ड्राइभरलेस कार देखियो

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
परीक्षणमा क्रममा बैंगलोरको सडकमा ड्राइभरलेस कार देखियो

काठमाडौं ।

भारतको बैंगलोरमा ड्राइभरलेस कार परीक्षणको क्रममा देखिएको छ। बैंगलोरको सडकमा परीक्षणको क्रममा रहेको ड्राइभरलेस कार भिडियो सामाजिक सञ्जालमा भइरल भइरहेको छ। मानिसको कन्ट्रोल बिना कार गुडेको देखेर धेरै मासिनसहरु आश्चर्यमा परेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कारको डिजाइन फ्यूचरिस्टिक रहेकाले धेरैको ध्यान खिच्न सफल भएको छ। अनिरुद्ध रविशंकर नामका ट्विटर प्रयोगकर्ताले उक्त ड्राइभरलेस कारको भिडियो सेयर गर्दै लेखेका छन्, बैंगलोरको गल्लीमा ।

यो ड्राइभरलेस सवारीको नाम जेडपो हो। यसलाई बैंगलोरको स्टार्टअप माइनस जीरोले तयार गरेको हो। जेडपोड एक इलेक्ट्रिक प्रोटोटाीप सवारी हो जुन क्यामरा सेन्सर सुइटमा आधारित छ र एआई अल्गोरिथम मार्फत स्वाचालित रुपमा गुड्छ।

यो सेल्फ ड्राइभिङ प्रविधिमा आधारित भएकाले ड्राइवर बिना गुड्छ। माइनस जीरो वेबसाइटका अनुसार जेडपोड बाई डायरेक्शनल भएकाले स्टेयरिङ ह्वीलको आवश्यक पर्दैन।

माइनस जीरोले आफ्नो अटोनोमस सवारी यस वर्षको जूनमा पेश गरेको थियो। यो जेडपोड लेवल ५ अटोनोमी क्षमतासम्म स्कले गर्ने कि क्षमतामा उपलब्ध छ।

बैंगलोर आधारित यस कम्पनी २०२१ म स्थापित गरिएको थियो। कम्पनी टेस्ला तथा गुगल जस्तै पूर्ण अटोनोमस सवारी तयार गर्न चाहन्छ। माइनज जीरो अटो निर्माता कम्पनी नभई एक प्राविधिक फर्म हो।

कम्पनी अटोनोमस ड्राइभिङ प्रविधि विकास गर्न चाहन्छ र अन्य अटो निर्मातलाई उपलब्ध गराएर आफ्नो एडीएएस सुइटलाई अझै उत्कृष्ट बनाउने योजनामा छ। जेडपोडको मद्दतबाट कम्पनी ट्राफिक तथा सडक दुर्घटना न्यूनिकरण गर्ने अभियानमा छ।

बैंगलोरको उदारण दिँदै माइनस जीरोका सीओओले भने, हरेक दिन ट्राफिकमा २ लाख ५० हजार लिटर फ्यूल प्रति घण्टा नष्ट भइरहेको छ। सबै क्षतिलाई आँकलन गर्ने हो भने एक वर्षमा देशलाई २२ बिलियन अमेरिकी डलर घाटा हुन्छ।

अन्य अटोनोमस सावरी जेडपोड लाइट डिटेक्शन र रेन्जिङको उपयोग गर्दैन। कम्पनीले ६ ओटा क्यामराको उपयोग गर्छ। चार क्यामरा साइड र दुई क्यामरा अघि र पछाडि लगाइएको छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...