विश्वव्यापी लन्च अघि सामसङ ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप५ रुसमा बिक्रीका लागि उपलब्ध

  • Technology Khabar | १६ श्रावण २०८०, मंगलवार
विश्वव्यापी लन्च अघि सामसङ ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप५ रुसमा बिक्रीका लागि उपलब्ध

काठमाडौं ।

सामसङले गत हप्ता ग्यालेक्सी जेड फोल्ड ५ र फ्लिप ५ प्रस्तुत गरेको थियो। कम्पनीले दुई हप्ताभित्र डिभाइस लन्च गर्ने वाचा गरेको थियो।

यद्यपि, दुबै फोल्डेबल रूसमा पहिले नै बिक्रीमा रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ। सामसङले फ्रेबुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेकाले आफ्नो ढुवानी स्थगित गर्ने वाचा गरेको थियो।

फोल्ड५ स्थानीय क्यारियर एमटीएसद्वारा १ लाख ८९ हजार ९९० रुबेल अर्थात २ हजार ६२ अमेरिकी डलरमा बिक्री गरिएको छ भने फ्लिप५को सुरुवती मूल्य १ लाख १० हजार रुबेल अर्थात १ हजार २ सय अमेरिकी डलर तोकिएको छ।

दुबै फोनहरू प्रिमियम पुरानो वेयरेबल्सका साथ बन्डल गरिएका छन् र अर्को दिन डेलिभरी वा सोही–दिन स्टोर पिकअपको साथ पेश गरिएको छ।

टीएएसएसको रिपोर्ट अनुसार जेड फोन रुसमा विश्वव्यापी लन्च तालिका भन्दा दुई हप्ता अघि नै बिक्री सुरु गरिएको थियो।

ग्यालेक्सी जेड फोल्ड५लाई एमटीएसद्वारा निःशुल्क ग्यालेक्सी वाच५ प्रो बन्डलमा प्रदान गरिएको छ।

प्रकाशित: १६ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार