आईफोन १५ का सबै मोडलहरूमा हाइब्रिड लेन्सकोसाथ ४८ मेगापिक्सेल क्यामरा हुने

  • Technology Khabar | १६ श्रावण २०८०, मंगलवार
आईफोन १५ का सबै मोडलहरूमा हाइब्रिड लेन्सकोसाथ ४८ मेगापिक्सेल क्यामरा हुने

काठमाडौं ।

उच्च प्रतिक्षित आईफोन १५ सिरिजले आफ्नो अत्याधुनिक क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीलाई नयाँ उचाइमा लैजानको लागि तयार भएको छ।

पछिल्ला चर्चाकाअनुसार स्ट्याण्डर्ड आईफोन १५ र आईफोन १५ प्लससहित लाइनअपमा रहेका सबै मोडलहरूमा प्रभावशाली ४८ मेगापिक्सेलको क्यामरा फिचर गरिने गीज्मोचाइनाले रिपोर्ट गरेको छ। उक्त ४८ मेगापिक्सेल क्यामराले दैनिक प्रयोगकर्ताहरूका लागि सुपेरियर इमेज क्वालिटि (उत्कृष्ट छवि गुणस्तर) प्रदान गर्नेछ।

नन्–प्रो आईफोन १५ मोडल्सको सेन्सर थोरै सानो हुने

स्ट्याण्डर्ड मोडलहरूमा एडभान्स्ड १/१.५–इन्च स्ट्याक्ड सीएमओएस ईमेज सेन्सर (सीआईएस) स्पोर्ट गर्ने अपेक्षा गरिएको छ। उक्त सेन्सर अधिक प्रकाश क्याप्चर गर्न र लो–लाईट कन्डिसनमा इन्हान्स्ड कलर रिप्रिजेन्टेसन डेलिभर गर्न डिजाइन गरिएको उल्लेख छ। यो सुधारले परिणामहरूको च्यालेन्जिङ्ग लाइटनिङ्ग सिनारियो (चुनौतीपूर्ण प्रकाश परिदृश्यहरू) मा पनि राम्रो फोटोग्राफी गर्न सकिनेछ।

त्यसैगरी नन्–प्रो मोडलहरूमा २ एक्स मोड पनि रहने उल्लेख छ। यो २ एक्स मोडले मानव आँखाको जस्तै अनुकरण गरेर पोर्ट्रेट फोटोग्राफीलाई इन्हान्स गर्ने उल्लेख गरिएको छ। साथै यस फिचरले प्रयोगकर्ताहरूलाई थप रमाइलो फोटोग्राफी अनुभव प्रदान गर्दै थप जीवन्त र कम विकृत छविहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ।

स्ट्याण्डर्ड (मानक) आईफोन १५ र आईफोन १५ प्लस मोडलहरूमा प्रो भर्सन्स (संस्करणहरू) को तुलनामा थोरै सानो सेन्सर हुनसक्ने उल्लेख छ। यद्यपि तिनीहरूको १/१.५ इन्च सीआईएसले अघिल्लो आईफोन १४ मोडलहरू भन्दा सेन्सर साइजमा उल्लेखनीय २७ प्रतिशत वृद्धि गरेको उल्लेख छ। प्रोफेशनलहरूले स्पेसिफिक फोटोग्राफी सिनारियोहरूमा भिन्नता औंल्याउन सकेतापनि औसत प्रयोगकर्ताहरुले भने ईमेज क्वालिटी (छवि गुणस्तर) मा उल्लेखनीय सुधारहरू आशा गर्न सक्नेछन्।

आरजीक्लाउडएसको ट्विटरको पछिल्लो लीकअनुसार आईफोन १५ मोडलहरूले आफ्नो मुख्य क्यामराको लागि सिङ्गल ग्लास इलिमेन्ट र ६ ओटा प्लास्टिक तत्वहरू समावेश रहेको नयाँ हाइब्रिड लेन्स डिजाइन फिचर गर्ने सुझाव दिएको उल्लेख छ। एफ/१.७ एपर्चरसहितको यस डिजाइनले आईफोन १४ प्रो मोडलहरूले भन्दा २० प्रतिशत बढी प्रकाश अब्जर्भ गरेर लो–लाईट फोटोग्राफीमा सुधार गर्ने वाचा गर्दछ। साथै नन्–प्रो मोडलहरूको सम्भावित एपर्चर डाउनग्रेडको बारेमा आएको चिन्तालाई भने हाइब्रिड लेन्स र ए१६ बायोनिक चिपले कुनै पनि पर्फमेन्स डिफरेन्सेजको कम्पन्सेट गर्ने अपेक्षा गरिएको उल्लेख छ।

स्ट्याण्डर्ड (मानक) मोडलहरूमा उक्त क्यामरा अपग्रेडहरू लागू गर्न एप्पलको छनोट कथितरूपमा आईफोन १४ को बिक्री प्रदर्शनबाट सिकेका कुराहरूमा आधारित रहेको उल्लेख छ। नन्–प्रो आईफोन १५ मोडलहरूमा अप्टिकल जूम वा लाइडार स्क्यानरको लागि टेलिफोटो लेन्स फिचर नगरिने उल्लेख गरिए तापनि क्यामरा प्रविधिमा भएका समग्र सुधारहरूले दैनिक प्रयोगकर्ताहरूको लागि प्रभावशाली फोटोग्राफी अनुभव प्रदान गर्दै व्यापक दर्शकहरूलाई अपील गर्ने सम्भावना रहेको छ।

प्रकाशित: १६ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार