
काठमाडौं ।
शाओमीले आधिकारिक रूपमा आफ्नो नवीनतम स्ट्यान्डिङ इलेक्ट्रिक स्कुटर, ४गो जारी गरेको छ। ४ गो, ४५० वाट मोटर र १८ किमी दायराको साथ आधिकारिकरूपमा अनावरण भएको हो।
४ गो शाओमीले वेबसाइटमा उत्पादन सूचीमार्फत प्रकट गरेको थियो। स्कुटरमा रहेको ४५० वाटको मोटरले २० किलोमिटर प्रति घण्टाको उच्च गति तथा १८ किलोमिटरको दायरामा पुग्न सक्ने उल्लेख छ।
शाओमीले इलेक्ट्रिक स्कूटर ४ गोलाई पहिले ईयू अनुरूपताको घोषणामा देखाइएको तथा क्रमशः पोल्याण्ड र हङ्गेरीमा बट्ना २४ डट कम र ईम्याग वेबसाइटहरूमा सूचीबद्ध गरिएको थियो।
शाओमीको ग्लोबल वेबसाइटमा नयाँ उत्पादन पृष्ठले ४गोको पहिले लीक गरिएका केही विवरणहरू हाइलाइट गरेको उल्लेख छ। स्कुटरमा डुअल ब्रेकिङ सिस्टम, इन्टेलिजेन्ट बीएमएस र बिल्ट-इन डिस्प्ले रहेको बताइएको छ। यो एक १६५ डब्लुएच लिथियम ब्याट्रीसहित रहेको तथा स्कूटरमा पर्याप्त टर्क रहेको पनि उल्लेख छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ गोमा तीन पावर मोडहरू छन्। अगाडि ई एबीएस ब्रेकका, साथै ८.१-इन्च रेडियल होलो टायरहरू रहेका छन्। बिल्ट-इन ड्यासबोर्डले यात्राको बारेमा राइडरलाई तत्काल जानकारी प्रदान गर्ने र शाओमी एपमा पनि हेर्न सकिने उल्लेख छ।
यसको इन्टिलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले स्कूटरको सुरक्षा बढाउँछ। यसले सर्ट सर्किट, ओभरहिटिंग र अन्य सुरक्षा समस्याहरूलाई रोक्ने पनि बताइएको छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ गोको लागि नयाँ उत्पादन पृष्ठले कुनै पनि मूल्य निर्धारणको जानकारी समावेश गरेको छैन। हाल मोडलको लागि रिलीज मिति पनि बताइएको छैन।
यद्यपि, पोलिश र हङ्गेरीका खुद्रा बिक्रेताहरूको स्कूटरको अघिल्लो खुद्रा सूची क्रमशः यूरो ४५८ र यूरो ३४८ को बराबर रहेको उल्लेख छ।
प्रकाशित: १३ श्रावण २०८०, शनिबार