सामसङको नाफा दोस्रो त्रैमासमा ९५ प्रतिशतले घट्यो, मेमोरी चिपको मागमा सुधार

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
सामसङको नाफा दोस्रो त्रैमासमा ९५ प्रतिशतले घट्यो, मेमोरी चिपको मागमा सुधार

काठमाडौं ।

बुधबारको भव्य अनप्याक्ड इभेन्टपछि सामसङले २०२३ को दोस्रो त्रैमासको आफ्नो वित्तीय रिपोर्ट प्रकाशित गरेको छ। परिणामहरू पहिले अनुमान गरिएको विश्लेषणको बराबरीमा भएको बताईएको छ। यद्यपी, एक वर्ष अघिको मूल्यहरूको तुलनामा भने अर्को क्रमिक गिरावट देखिएको छ।

अप्रिल, मे र जुन महिनाको राजस्व कुल ६०.०१ ट्रिलियन कोरियाली वोन (४६.८९ बिलियन अमेरिकी डलर) भएको छ र २०२२ को दोस्रो त्रैमासको तुलनामा भने २२ प्रतिशतले कम भएको उल्लेख छ।

त्यसैगरी २०२३ को दोस्रो त्रैमासको सञ्चालन नाफा ०.६७ ट्रिलियन कोरियाली वोन (५२३.५२ मिलियन अमेरिकी डलर) भएको र गत वर्षको १४.१२ ट्रिलियन कोरियाली वोनमा ९५ प्रतिशतले ह्रास आएको उल्लेख छ।

सामसङको प्रेस विज्ञप्तिकाअनुसार स्मार्टफोनको ढुवानीमा आएको कमी नै राजस्वमा गिरावट हुनुको मुख्य कारण हो। यद्यपी कम्पनीले भर्खरै लन्च गरेको फोल्डेबलले माग बढाउने र आफ्नो मोबाइल डिभिजनलाई ट्र्याकमा फर्काउन मद्दत गर्नेमा सामसङ विश्वस्त रहेको उल्लेख छ। साथै सामसङले वर्षको दोस्रो आधा भागमा विश्वव्यापी मागमा सुधार आउने अपेक्षा गरेको र त्यसको फलस्वरुप आम्दानीमा सुधार आउने उल्लेख छ।

त्यसैगरी मेमोरी व्यवसाय पनि हाई ब्यान्डविथ मेमोरी (एचबीएम) र डीडीआर५ प्रोडक्ट्स (उत्पादनहरू) मा गरिएको नयाँ फोकसको साथ बाउन्स ब्याक हुने अपेक्षा गरिएको छ। सामसङ डिस्प्ले कर्पोरेशन (एसडीसी) र डिजिटल अप्लायन्सेज बिजनेसले नाफामा सुधार भएको देख्यो भने मोबाइल प्यानल व्यवसायले गत त्रैमासिकको जस्तै ठोस बिक्री देखेको उल्लेख छ।

यस्तै सामसङ इलेक्ट्रोनिक्सको सहायक कम्पनी हरमनले पनि आफ्नो इतिहासमा सबैभन्दा ठूलो अटोमोटिभ अर्डर सँगै राजस्व र नाफामा वृद्धि देखेको उल्लेख छ।

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Lost In Mandala’: Nepal’s first animated feature film to reach audiences through Apple Entertainment

  • Technology Khabar
  • १२ श्रावण २०८०, शुक्रबार