
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लुघुवित्तबाट ऋण लिएकाहरु आन्दोलनमा होमिएको समयमा गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै लघुवित्तको गुनासो टोल फ्रि नम्बर, अनलाइन पोर्टल र इमेलबाट टिपाउन आग्रह गरेको हो।
‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
साथै गुनासो गुनासोडट् एनआरबी डट् ओआरजी डट् एनपीबाट वा इमेल गुनासो एटदरेट एनआरवी डट ओराजी डट एनपी वा कार्यालय समयमा राष्ट्र बैंकको कार्यालयमा निवेदन दिन सकिन्छ।

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार