एप्पलले जारी गर्यो भीजनओएसको दोस्रो डेभलपर्स बीटा संस्करण

  • Technology Khabar | ११ श्रावण २०८०, बिहीबार
एप्पलले जारी गर्यो भीजनओएसको दोस्रो डेभलपर्स बीटा संस्करण

काठमाडौं ।

एप्पलले भर्खरै भीजनओएसको दोस्रो विकासकर्ता बिटा संस्करण जारी गरेको छ।

कम्पनीले एप्पल भिजन प्रोका लागि हार्डवेयर किटहरू भने अझैसम्म उपलब्ध गराएको छैन। धेरैजसो विकासकर्ताहरूले आफ्नो म्याकहरूमा भिजनओएसको नयाँ संस्करण इन्स्टल गर्नुपर्ने बताएका छन्।

एप्पलले चाँडै हार्डवेयर पठाउने अपेक्षा गरिएको छ, तर यो नभएसम्म, कम्पनीले विकासकर्ताहरूलाई एक्स कोडमा नयाँ ओएस चलाउन सल्लाह दिएको उल्लेख छ।

अपडेट आफैंमा ६.७२ जीबी ठूलो रहेको तथा यसको बिल्ड नम्बर २१ एन ५२०७ एफ रहेको छ। भिजन प्रोका लागि डेभलपर्स किटको लागी आवेदनहरु हाल खुला रहेको छ, तर फिजिकल हार्डवेयर केवल छनाेट गरिएका विकासकर्ताहरुलाई मात्र प्रदान गरिने उल्लेख छ।

हार्डवेयर प्राप्त नगर्नेहरूलाई नयाँ बिटालाई छुट्टै मेसिनमा चलाउन वा सफ्टवेयरको अस्थिर अवस्थाका कारण डाटा हराउन सक्ने भएकाले तिनीहरूको संवेदनशील जानकारीको ब्याकअप राख्न सल्लाह दिइने बताइएको छ।

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार