भिभोद्वारा फोरके मुभी पोर्ट्रेट मोड सहितको भी३ इमेजिङ चिप घोषणा

  • Technology Khabar | १० श्रावण २०८०, बुधबार
भिभोद्वारा फोरके मुभी पोर्ट्रेट मोड सहितको भी३ इमेजिङ चिप घोषणा

काठमाडौं ।

भिभोले हालै आफ्नो भी३ इमेजिङ चिप घोषणा गरेको छ। उक्त नयाँ चिपले आगामी फ्ल्यागशिप फोनहरूमा ४के मूभी (चलचित्र) पोर्ट्रेट मोड प्रिमियर गर्नेछ जुन आईफोनको सिनेम्याटिक मोड जस्तै रहेको छ।

कम्पनीका भीपी र ब्रान्ड तथा उत्पादन रणनीतिका जनरल म्यानेजर जिया जिङडोङले एक टिजरको रुपमा रहेको यो घोषणा वेईबोमार्फत गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ। भिभोको इमेजिङ फेस्टिभलमा भी३ पहिलो प्रमुख घोषणा हो भने उक्त फेस्टिभल जुलाई माहिनाको २३ देखि ३१ तारिखसम्म हुँदैछ।

जिया जिङडोङले सेल्फ–डेभलप्ड ६ एनएम भी३ चिप र यसको क्षमताहरूको बारेमा एक उत्साही वेब पोस्टमा उल्लेख गरेका छन्। यस चिपले भिभो स्मार्टफोनहरूलाई ४के रिजोल्युसनमा पोर्ट्रेट मोड भिडियोहरू खिच्न र एडभान्स्ड पोस्ट–प्रोसेसिङ इडिटिङ्ग फङ्गसन्स प्रदान गर्ने अनुमति दिनेछ।

चिपले सम्भवतः फोरके पोर्ट्रेट मोड फङ्गसन बाहेक अन्य थप सुविधाहरूको पनि अनुमति दिनेछ। साथै उक्त चिप कुन डिभाइसमा सबैभन्दा पहिले आउनेछ भन्ने अझै स्पष्ट भईसकेको छैन्।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...