
काठमाडौं ।
टेस्लाले २०२३ को दोस्रो क्वाटरमा २४.९७ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ। टेस्लाले आफ्नो लोकप्रिय गाडी मोडलहरूको लागत घटाएर बिक्रीमा ठूलो वृद्धि गरेपछि यो रिपोर्ट आएको द गार्जियने उल्लेख गरेको छ।
लगानीकर्ताहरूले टेस्लाको ग्रोस मार्जिनलाई नजिकबाट हेरिरहेका थिए, उनीहरु उपभोक्ता मूल्यहरू घटाउने कम्पनीको कदमबाट नकारात्मक असर पर्ने वा नपर्ने भनेर निगरानी गर्दै थिए।
टेस्लाको ग्रोस मार्जिन १८.२ प्रशित रहेको छ। यो पछिल्लो चार वर्ष मध्ये सर्वाधिक कम हो।
‘कारको कम मूल्यका बाबजुत, कम्पनीले मार्जिनमा अपेक्षित गिरावटलाई कम गर्न सफल भयो, जुन समृद्ध र चुनौतीपूर्ण दुवै समयमा कम्पनी सञ्चालन गर्नमा इलन मस्कको निपुणता दर्शाउँदछ,’ वित्तीय विश्लेषण साइट इन्भेस्टिङ डटकमका वरिष्ठ विश्लेषक थोमस मोन्टेरोले भने।
टेस्लाले २०२३ को दोस्रो क्वाटरमा मोडल ३ र मोडल वाई ४ लाख ६० हजार २११ यूनिट उत्पादन गरेको थियो भने गत वर्षको सोही अवधिमा ३ लाख ४५ हजार ९८८ यूनिट सवारी उत्पादन गरेको छ। साथै २०२३ को दोस्रो क्वाटरमा कम्पनीले मोडल एस र मोडल एक्स १९ हजार ४८९ यूनिट डिलेभरी गरेको छ भने गत वर्षको सोही अवधिमा १६ हजार ४११ यूनिट डेलिभरी गरेको थियो।
प्रकाशित: ६ श्रावण २०८०, शनिबार