
काठमाडौं ।
हुन्डाईले गुडवुड फेस्टिभल अफ स्पीडमा आफ्नो नयाँ इलेक्ट्रिक आयोनिक ५ एन डेब्यु गरेको छ। अटोमेकरकाअनुसार आयोनिक ५ को उक्त हाई–पर्फमेन्स संस्करणले ३.४ सेकेन्डमा शून्यबाट ६२ माइल प्रतिआवरमा जान सक्नुका साथै १६१ एमपीएचको उच्च गति रहेको छ।
कम्पनीले यस मोडेलको लागि सम्पूर्ण आयोनिक ५ लाई परिमार्जन गरेको बताइएको छ भने उक्त आयोनिक ५ कम्पनीको पहिलो पर्फमेन्स एन–ब्रान्ड उत्पादन गाडी भएको इनग्याजेटमा उल्लेख गरिएको छ।
यस ईभीमा फ्रन्ट– एण्ड डुअल–मोटर भेरियन्टहरू रहेको छ। यसको पछिल्लो अप्सनमा हुण्डाईकाअनुसार आयोनिक ५ एनले बूस्ट मोड सक्रिय हुँदा ६४१ हर्सपावर उत्पादन गर्न सक्नेछ। साथै सामान्य सञ्चालनमा भने ६०० हर्सपावर र ५४५ पाउन्ड–फिट टर्क प्राप्त गर्न सकिने बताइएको छ भने यद्यपि उक्त संख्याहरू अन्तिम नभएको अटोमेकरले स्वीकार गरेको उल्लेख गरिएको छ।
आयोनिक ५एनमा समावेश गरिएको एउटै ब्याट्री प्याकले यस अघि ७७.४ केडब्ल्यूएचको प्रयोगयोग्य ऊर्जा भण्डारण गरेको थियो भने संशोधित रसायनको अर्थ ईभीले ८४.० केडब्ल्यूएच प्रदान गर्न सक्ने कार एण्ड ड्राईभले रिपोर्ट गरेको छ। त्यसैगरी ब्याट्रीको लागि अपग्रेड गरिएको थर्मल व्यवस्थापन प्रणाली पनि रहेको र त्यसमा “बढाइएको कूलिङ्ग एरिया, बेटर (राम्रो) मोटर आयल कूलर र ब्याट्री चिलर” समावेश गरिएकोहुनाले यी सबैले कार्यसम्पादनलाई अधिकतम बनाउन मद्दत गर्ने हुन्डाईले बताएको छ।
त्यसैगरी यस नयाँ ईभीको अगाडि ४० सेन्टिमिटर डाईमिटरको डिस्क र पछाडि ३६ सेन्टीमिटरको डिस्क भएको नयाँ रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेकोछ। साथै मानक आयोनिक ५ भन्दा यो नयाँ ईभीको तल्लो भाग लोअर र वाइडर भएको हुनाले यसको २१ इन्चको ह्वील्समा फराकिलो टायरहरू समायोजन गर्न सकिने छ। साथै यसको प्रोमिनियन्ट डिफ्युजरले डाउनफोर्सलाई बढाउँदै लम्बाइलाई थप ८० एमएमले विस्तार गर्ने उल्लेख गरिएको छ।
आगामी २०२४ को सुरुमा बिक्रीमा जाने योजना भएको आयोनिक ५ एनको हुन्डाईले अझैसम्म पनि मूल्य निर्धारण गरेको छैन्।
प्रकाशित: ३१ असार २०८०, आईतवार