डिशहोममा ‘चिसो मान्छे’ एक्सक्लुसिभ प्रदर्शन हुँदै

  • Technology Khabar | २९ असार २०८०, शुक्रबार
डिशहोममा ‘चिसो मान्छे’ एक्सक्लुसिभ प्रदर्शन हुँदै

काठमाडौं ।

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन भइरहेको छ। विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने बताईएको छ।

“चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पाउन सकिनेछ ।

३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नम्बरमा एसएमएसमार्फत प्राप्त हुने जनाएको छ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २९ असार २०८०, शुक्रबार