रेनो र गीलीले हाइब्रिड प्रविधि विकास गर्न ७ बिलियन युरो लगानी गर्ने

  • Technology Khabar | ३१ असार २०८०, आईतवार
रेनो र गीलीले हाइब्रिड प्रविधि विकास गर्न ७ बिलियन युरो लगानी गर्ने

काठमाडौं ।

विश्वका अधिकतम सवारी उत्पादक विद्युतीय सवारीमा आफ्नो भविष्य तयार गर्ने योजनामा रहेको अवस्थामा दुई प्रमुख कार निर्माताहरु गीली र रेनोले पेट्रोल इन्जिन र हाइब्रिड प्रविधिको विकास गर्न संयुक्त उद्यममा ७ बिलियन युरो लगानी गर्ने द टाइम्सले उल्लेख गरेको छ।

गीली र रनोले थप इफिसेन्सी आन्तरिक दहन इन्जिनहरू (आईसी) र हाइब्रिड प्रणालीहरू बनाउने र तिनीहरूलाई अन्य कम्पनीहरूको लागि आपूर्ति गर्ने योजनामा छन्।

यो दुई ब्रान्डहरूको प्रमुख अभियान हो र यसमा दुईवटा सञ्चालन केन्द्रहरू हुनेछन् रेनोका लागि स्पेनको म्याड्रिड र गिलीका लागि चीनको हाङ्जाउ बे।

इन्जिन र टेक्नोलोजी स्ट्रिममा हुँदा संयुक्त उद्यमले भोल्भो, मित्सुबिशी मोटर्स, प्रोटोन, निसान र पञ्च टोरिनोका साथै रेनो र गीलीलाई पनि आपूर्ति गर्ने अपेक्षा गर्दछ।

रेनोले आफ्नो आन्तरिक दहन इन्जिन उत्पादन गर्ने काम सुरु गरेको छ।े अटोमेकरहरूको लागि कम उत्सर्जन समाधानहरू प्रदान गरेर हाइब्रिड टेक्नोलोजीहरूमा विश्वव्यापी अग्रणी कम्पनी बन्ने योजना रहेको गीलीले बताएको छ। नयाँ कम्पनीले १९ हजारलाई रोजगारी प्रदान गर्नेछ।

प्रकाशित: ३१ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार