
काठमाडौं ।
पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२३ पहिलो दिन नेपाली टिम डीआरएस गेमिङले मध्यम सुरुवात गरेको छ।
पीएमडब्ल्यूआई अन्तर्गतको अलस्टार्स स्टेजको पहिलो दिनको ६ खेलमा ३४ प्वाइन्ट ल्याउँदै डीआरएसले मध्यम सुरुवात गरेको हो।
२२ इलिमिनेसन र १२ प्लेसमेन्ट प्वाइन्ट प्राप्त गरेको डीआरएस ७ औं स्थानमा छ।
पीएमडब्ल्यूआईको मुख्य इभेन्टको छनोटको रुपमा अलस्टार्स स्टेजलाई लिएको छ। मुख्य इभेन्टका लागि छनोट हुने आशाका साथ अलस्टार्स स्टजेमा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। यसमा शीर्ष ६ स्थानमा रहने टिम मुख्य इभेन्टका लागि छनोट हुनेछ।
पहिलो दिनको खेल सकिँदा भ्याम्पायर ईस्पोर्ट्स ७८ प्वाइन्ट सहित पहिलो स्थानमा छ। भ्याम्पायरले दुई चिकन डिनर सहित ४५ इलिमिनेसन प्वाइन्ट र ३३ प्लेसमेन्ट प्वाइन्ट प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको गैमिन ग्याडिएटर्ससँग ५७ प्वाइन्ट, ५० प्वाइन्ट सहित बिगेट्रोन रेड भिलेन्स तेस्रो स्थानमा छ।
पीएमडब्ल्यूआई २०२३ लाई दुई स्टेजमा विभाजन गरेर आयोजना गरिएको छ। ११ जुलाईदेखि १३ जुलाईसम्म अल अलस्टार्समा रहेका १८ टिमले प्रतिस्पर्धा गर्नेछन्। अलस्टार्समा शीर्ष ६ भित्र पर्ने टिम मुख्य इमेन्टका लागि छनोट हुनेछन्। १४ जुलाईदेखि १६ जुलाईसम्म आयोजना हुने मुख्य इभेन्टका लागि १० टिम छनोट भइसकेका छन्।
यस प्रतियोगिताको कुल पुरस्कार ३० लाख अमेरिकी डलर छ। अलस्टार्सका लागि १० लाख अमेरिकी डलर र मुख्य इभेन्टका लागि २० लाख अमेरिकी डलर पुरस्कार राशी तोकिएको छ। प्रतियोगिता साउदी अरबको रियादमा आयोजना भइरहेको छ।
अंक तालिका

प्रकाशित: २७ असार २०८०, बुधबार