स्याटेलाइट इन्टरनेट प्रविधिको परीक्षण गर्न चीनको नयाँ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | २५ असार २०८०, सोमबार
स्याटेलाइट इन्टरनेट प्रविधिको परीक्षण गर्न चीनको नयाँ भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले स्याटेलाइट इन्टरनेट प्रविधिको परीक्षण गर्न नयाँ भूउपग्रह प्रक्षेपण गरेको छ।

चीनले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ परीक्षण भूउपग्रह अन्तरिक्षमा पठाएको छ।

स्याटेलाइटलाई लङ मार्च-२सी क्यारियर रकेटले साँझ (बेइजिङ समय)७:०० मा प्रक्षेपण गरेको थियो र योजनाबद्ध कक्षमा प्रवेश गरेको बताएको छ।

यसले स्याटेलाइट इन्टरनेट टेक्नोलोजीहरूको लागि परीक्षण मिशनहरू सञ्चालन गर्नेछ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४७८औँ उडान अभियान भएको शिन्ह्वाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: २५ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार