ताजा समाचार

जर्मन नियामकले मोबाइल बजारमा प्रतिस्पर्धाको बारेमा अध्ययन गर्ने

जर्मन नियामकले मोबाइल बजारमा प्रतिस्पर्धाको बारेमा अध्ययन गर्ने
सांकेतिक तस्बिर
Global IME Bank

जर्मन नियामकले मोबाइल बजारमा प्रतिस्पर्धाको बारेमा अध्ययन सुरु गरेको छ

जर्मन फेडरल नेटवर्क एजेन्सी, बुन्डेसनेटचाजेटूअरले रेडियो फ्रिक्वेन्सीहरू प्रदान गर्ने प्रक्रियाको एक भागको रूपमा मोबाइल बजारमा प्रतिस्पर्धात्मक स्थितिमा अनुसन्धान सुरु गरेको छ।

यसले ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र २,६०० मेगाहर्ज ब्यान्डहरूमा फ्रिक्वेन्सीहरू प्रदान गर्ने तयारी गर्दा प्रभावकारी प्रतिस्पर्धा कायम राख्न वा हासिल गर्न थप उपायहरू आवश्यक छ कि छैन भनेर मूल्याङ्कन गर्नेछ।

यसको लागि नियामकले जर्मन मोबाइल क्षेत्रमा प्रभावकारी प्रतिस्पर्धा कायम गर्न वा हासिल गर्न उपायहरू आवश्यक छ कि छैन भनी जाँच्न वीक-कन्सल्ट र अर्न्स्ट एन्ड यंगलाई परामर्शदाता फर्महरूको रुपमा नियुक्त गरेको छ।

‘स्पेक्ट्रम नियमनको महत्त्वपूर्ण लक्ष्य प्रतिस्पर्धालाई बढावा दिनु हो। त्यसकारण हामीले स्पेक्ट्रम उपलब्ध गराउनु अघि प्रतिस्पर्धात्मक अवस्थाको वस्तुनिष्ठ र अग्रगामी मूल्याङ्कन गर्छौं,’ एफएनएका अध्यक्ष क्लाउस मुलरले भने।

प्रतिवेदनको नतिजा यस वर्षको शरदमा नियामकलाई बुझाइने बताईएको छ।

Sajilo Visa
easy care