
काठमाडौं ।
सामसङले ग्यालेक्सी जेड फोल्ड ५, जेट फ्लीप ५ , र ग्यालेक्सी वाच ६ श्रृंखलाको साथमा ग्यालेक्सी ट्याब एस ९, ग्यालेक्सी ट्याव एस ९ प्लस, र ग्यालेक्सी ट्याव एस ९ अल्ट्राको घोषणा गर्ने अपेक्षा गरिएको छ।
प्रक्षेपण हुनु अघि, ग्यालेक्सी ट्याब एस ९ सिरिजका मुख्य विशेषताहरू लीक भएका छन्।
एक टिपस्टरकाअनुसार, ग्यालेक्सी ट्याब एस ९ मा ११ इन्चको डायनामिक एमोलेड टू एक्स स्क्रिन हुनेछ। यसले २५६०x१६०० पिक्सेलको डब्ल्यूक्यूएक्सजीए रिजोल्युसन प्रदान गर्नेछ। डिभाइसमा अगाडि १२ मेगापिक्सेलको क्यामरा हुनेछ भने पछाडिको प्यानल १३ मेगापिक्सेल क्यामराले सुसज्जित हुनेछ। यसमा ८,४०० एमएएच ब्याट्री, १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज रहेको छ भने यन्त्रले २५४.८x१६५.८x५.९ एमएम मापन गर्ने बताइएको छ।
ग्यालेक्सी ट्याब एस ९ प्लस १२.४ इन्चको डाइनमिक एमोलेड २ एक्स डिस्प्लेको साथ आउनेछ। यसले २८००x१७८२ पिक्सेल डब्ल्यूक्यूएक्सजीए प्लस रिजोलुसन उत्पादन गर्ने बताइएको छ। फोटोग्राफीका लागि यसमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेकाे छ भने १३ मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको डुअल क्यामरा प्रणाली रहेको उल्लेख छ। डिभाइस १०,०९० एमएएच ब्याट्रीका साथै १२ जीबी र्याम ५१२ जीबी स्टोरेजको साथ २८५.४ x १८५.४ x ५.७ एमएम आयामहरूमा आउनेछ।
त्यस्तै ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा ठूलो १४.६ इन्च डायनामिक एमोलेड २ एक्स प्यानलले सुसज्जित हुने बताइएको छ। यसले २९६०x१८९८ पिक्सेलको डब्ल्यूक्यूएक्सजीए प्लस रिजोलुसन प्रदान गर्नेछ। डिभाइसमा अगाडि १२ मेगापिक्सेलको क्यामराको एक जोडी फिचर हुने तथा १३ -मेगापिक्सेल प्लस ८ मेगापिक्सेल डुअल-क्यामरा प्रणाली हुने बताइएको छ।
ट्याब्लेट १६ जीबी र्याम, १ टीबी भण्डारण तथा ११,२०० एमएएच ब्याट्रीको साथ आउने छ। डीभाइस ३२६.४ x २०८ .६ x ५.५ एमएममा मापन श्रृंखलामा सबैभन्दा ठूलो फर्म फ्याक्टर हुने बताइएको छ।
त्यस्तै, ग्यालेक्सी ट्याब एस ९ शृङ्खलामा ग्यालेक्सीको लागि स्न्यापड्रागन ८ जेन २ फिचर गर्ने अपेक्षा गरिएको छ, जुन ३.३६ गीगाहर्जमा सञ्चालन हुन्छ।
ग्यालेक्सीको नयाँ ट्याब सिरिजमा, चार स्पिकरहरू, एक अप्टिकल इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र ड्यूल चार्जिंगको साथ एक एस-पेन जस्ता अन्य सामान्य सुविधाहरू प्रदान गर्ने बताइएको छ।
प्रकाशित: २२ असार २०८०, शुक्रबार