चिनियाँ ब्याट्री उत्पादक एसभोल्टले थाइल्याण्डमा प्लान्ट निर्माण गर्दै

  • Technology Khabar | २१ असार २०८०, बिहीबार
चिनियाँ ब्याट्री उत्पादक एसभोल्टले थाइल्याण्डमा प्लान्ट निर्माण गर्दै

काठमाडौं ।

चिनियाँ ब्याट्री उत्पादक एसभोल्टले साउथइस्ट एशियामा आफ्नो पहिलो ब्याट्री प्लान्ट निर्माण सुरु गरेको छ। यस क्षेत्रमा द्रुत रुपमा बढ्दो विद्युतीय सवारी बजारमा आफ्नो उपस्थित बलियो बनाउन कम्पनीले ब्याट्री प्लान्ट निर्माण सुरु गरेको साइनडटसीएनले उल्लेख गरेको छ।

पूर्वी थाइल्याण्डको चोनबुरी प्रान्तमा अवस्थित मोड्युल प्याक फ्याक्ट्रीले सन् २०२४ को प्रारम्भमा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। कम्पनीले वार्षिक रूपमा ६० हजार सेट मोड्युल प्याकहरू उत्पादन गर्ने अपेक्षा गरेको छ।

दक्षिणपूर्वी एसियामा एसभोल्टको प्रवेशले जीडब्ल्यूएम, एसएआईसीए र बीवाईडी लगायतका चिनियाँ ईभी कम्पनीहरूको पदचिन्ह पछ्याएको छ। यस क्षेत्रको ईभी बजारले गति लिने क्रममा थाइल्यान्डमा स्थानीय उत्पादन सुविधाहरू स्थापना बढ्दो क्रममा छ।

चिनियाँ कम्पनीहरूको आगमनको मुख्य कारण थाई सरकारको सहयोगी नीतिहरूलाई मान्न सकिन्छ। सरकारले सन् २०३० सम्ममा देशमा उत्पादन हुने सवारी साधनको ३० प्रतिशत विद्युतीय कार हुने लक्ष्य राखेको छ।

साउथइस्ट एसियाली राष्ट्रहरूबीच प्रतिस्पर्धात्मकता बढाउन थाइल्याण्डले सम्पूर्ण विद्युतीय सवारी उद्योग शृखंलामा लगानीलाई प्रोत्साहन गर्ने नीतिहरू लागू गरेको छ।

एसभोल्टका अध्यक्ष र सीईओ याङ होङ्क्सिनले अटोमोटिभ उत्पादन र निर्यातको लागि क्षेत्रीय हबको रूपमा थाइल्याण्डको निर्णायक भूमिकालाई हाइलाइट गरे। एसभोल्टलाई विदेशी भूमिमा विस्तार र व्यापार वृद्धिको लागि उत्कृष्ट अवसरहरू प्रदान गरेको उनको भनाइ छ।

‘हामी पहिले प्यासेन्जर कारहरूको बजार माग पूरा गर्नमा केन्द्रित हुनेछौं र बिस्तारै ऊर्जा भण्डारण बजार र रिसाइकल बजारमा पनि हाम्रो व्यवसाय विस्तार गर्नेछौं,’ याङले भने।

बैंककस्थित कासिकोर्न रिसर्च सेन्टरका अनुसार थाइल्याण्डमा ब्याट्री ईभी गाडीको कुल बिक्री २०२३ मा ५० हजार युनिट पुग्ने अनुमान गरिएको छ। २०२२ मा बिक्री भएको १३ हजार ४५४ यूनिटको तुलनामा २७१.६ प्रतिशतले वार्षिक वृद्धि हुनेछ।

थाई उद्योग मन्त्रालयका प्रमुख इन्स्पेक्टर जनरल विसानु ताब्टिएङले चिनियाँ कम्पनीहरूले अर्को पुस्ताको अटोमोटिभ उद्योगमा लगानी गर्न र थाइल्याण्डलाई आसियान उत्पादनको लागि आफ्नो आधार बनाउन थाइल्याण्ड उत्सुक भएको बताए।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार