
काठमाडौं ।
बीवाइडीले जुलाई ३ मा, उच्च प्रत्याशित डेन्जा एन ७ स्मार्ट लक्जरी हन्टिङ एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेसँगै मागले २४ घण्टाभित्रै ११,६८७ अर्डरहरू आएका छन्।
३०१,८०० युआन र ३७९ ,८०० युआन बीचको मूल्य भएको, डेन्जा एन ७ ले मध्यम आकारको शुद्ध इलेक्ट्रिक एसयूभीको अवधारणालाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको बताइएको छ। इन्सेप्शन कन्सेप्ट कारबाट प्रेरणा लिएर, यसले डुअल- गन फास्ट चार्जिङ र क्लाउड चेसिस जस्ता उल्लेखनीय विशेषताहरू समेटेको जसले यसलाई प्रतिस्पर्धीहरूभन्दा फरक पारेको उल्लेख छ।
यसको उन्नत प्रविधिलाई डेन्जा एन ७ को सबैभन्दा उल्लेखनीय पक्षहरू मध्ये एक लिइएको छ। एसयूभी १७.३ इन्च २के केन्द्रीय कन्ट्रोल स्क्रिन, १०. २५ इन्च एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, १०.२५ इन्च को-पाइलट इन्टरटेन्मेन्ट स्क्रिन, एआर-एचयूडी, र डबल- साइड स्मार्ट एयरभेन्ट डिस्प्ले सहित ६ ओटा स्क्रिनहरूले सुसज्जित रहेको उल्लेख छ। यो गाडीमा क्वालकम उच्च डिस्प्ले प्रोसेसिङ्ग र भविष्यमा “हङ्गमेङ्ग” प्रणालीसंग अनुकूलता पनि रहेको उल्लेख छ।
लक्जरीका २०० भन्दा बढी प्रिमियम कन्फिगरेसनहरू मानकको रूपमा डेन्जा एन ७ को डिजाइन फिलोसोफिका साथ उपलब्ध रहेको बताइएको छ। यसमा डेभिएलेट अडियो, ६ वटा स्क्रिन, कार भरी उच्च- ग्रेडको एनएपीपीए लेदर, र एक भव्य र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने इलेक्ट्रिक सनशेड समावेश रहेको छ।
सहायक ड्राइभिङ क्षमताहरूको सन्दर्भमा, डेन्जा एन ७ को एनओए ( नेभिगेसन अन अटोपायलट) ले मुख्य रूपमा राडार र सेन्सर क्षमताहरू गरी भिन्न दुई संस्करणहरू प्रदान गर्छ। हाई-एन्ड इन्टेलिजेन्ट असिस्टेड ड्राइभिङ संस्करणमा ३३ ओटा सेन्सर, एक डोमेन सेन्सर, उच्च परिशुद्धता डुअल लेजर राडार, उच्च परिशुद्धता मिलिमिटर वेभ राडार, ओरिन चिप, र दुई ८ मेगापिक्सेल क्यामराहरू रहेको उल्लेख छ।
२०२३ को अन्त्य सम्ममा, डेन्जा एन ७ ले उच्च- गति ओभरटेकिङ, ब्लकिङ र लेन परिवर्तनमा आफ्नो कार्यसम्पादन बढाउँदै उच्च-गति एनओए क्षमताहरू हासिल गर्ने बताइएको छ।
डेन्जा एन ७ मा एकल-मोटर र डुअल-मोटर चार-पाङ्ग्रे ड्राइभ गरी दुई संस्करणहरू रहेका तथा दुबै विकल्पहरू ९१.३९२ किलोवाट प्रति घण्टाको पावर ब्याट्रीहरूसँग सुसज्जित रहेका पनि बताइएको छ।
एकल-मोटर संस्करणले २३० किलोवाट प्रति घण्टाको अधिकतम पावर, ७०२ केएमको सीएलटीसी क्रुजिङ दायरा प्रदान गर्ने छ, जबकि डबल- मोटर संस्करणले ३९० किलो वाटको पावर, ३.९ सेकेन्डमा ०- १०० एक्सेलेरेसन, र ६३० किलोमीटरको सीएलटीसी क्रुजिङ दायरा प्रदान गर्ने उल्लेख छ।
प्रकाशित: २१ असार २०८०, बिहीबार