सामसङ ग्यालेक्सी जेड फोल्ड ५ मा आइपी५८ रेटिङ नहुने सम्भावना

  • Technology Khabar | २० असार २०८०, बुधबार
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ मा आइपी५८ रेटिङ नहुने सम्भावना

काठमाडौं ।

आगामी “सामसङ ग्यालेक्सी जेड फोल्ड ५” ले आइपी ५८ रेटिङ नपाउने सम्भावना रहेको बताइएको छ। टिपस्टर आइस युनिभर्सकाअनुसार सामसङ ग्यालेक्सी जेड फोल्ड ५ सँग आइपी ५८ रेटिङ नहुने बताइएको हो।

गत महिनाको रिपोर्ट अनुसार जेड फोल्ड ५ ले आइपी ५८-रेटेड धुलो र पानी प्रतिरोध प्रस्ताव गर्न सक्ने बताइएको थियो। हालको रिपोर्टहरुले ग्यालेक्सी जेड फोल्ड ५ ले यसको पूर्ववर्ती मोडलहरूमा पाइने आइपीएक्स ५८ पानी प्रतिरोध स्तरलाई कायम राख्ने देखिएको बताइएको छ।

टिपस्टरको अर्को ट्वीटका अनुसार जेड फोल्ड ५ ले भित्री फोल्डेबल स्क्रिनमा जेड फोल्ड ४ जस्तै समान डिस्प्ले क्रिज पनि देखाउने उल्लेख छ।

पहिलेका रिपोर्टहरूको विपरीत सामसङले डिस्प्ले क्रिज घटाउन नयाँ वाटरड्रप हिंज लागू गरेको बताइएको छ। टिपस्टरको दावी अनुसार जेड फोल्ड ५ मा क्रिज जेड फोल्ड ४ को भन्दा वस्तुतः भिन्न हुनेछ।

त्यस्तै ग्यालेक्सी जेड फोल्ड ५ मा ७. ६ इन्चको भित्री फोल्डेबल डिस्प्ले तथा ६.२ इन्चको कभर डिस्प्ले हुने रिपोर्टहरूले खुलासा गरएको छ। दुबै एमोलेड प्यानलहरूले १२० हर्ज रिफ्रेस दरलाई समर्थन गर्नेछन्
भने डिभाइस आधारित एन्ड्रोइड १३ ओएसमा आधारित वान यूआइ ५.१.१ सँग प्रिलोडेड हुने अपेक्षा गरिएको छ। सुरक्षाको लागि, यसमा साइड- फेसिङ फिंगरप्रिन्ट सेन्सर हुने पनि बताइएको छ।

त्यस्तै जेड फोल्ड ५ मा स्न्यापड्रयागन ८ जेन २ द्वारा संचालित ग्यालेक्सी चिपसेट हुने छ, जुन ३.३६ गिगाहर्जमा काम गर्ने उल्लेख छ। डिभाइस १२ जीबीको एलपीडीडीआर ५ एक्स र्याम र १ टीबीसम्म यूएफएस ४.० स्टोरेजका साथ आउनेछ।

यसमा २५ वाट फास्ट चार्जिङ तथा १५ वाट वायरलेस चार्जिङ सपोर्टको साथ ४,४०० एमएएच ब्याट्री हुन सक्ने पनि बताइएको छ।

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार