
काठमाडौं ।
यस वर्षको गर्मी यामबाट उत्तर अमेरिकाको पहिलो हाइड्रोजन–संचालित रेलले क्यानाडाको ग्रामीण इलाकामा यात्रा गरिरहेको छ। उक्त फ्रान्सेली यात्रु रेल एक सर्ट–टर्म डेमोन्सट्रेसन (छोटो–अवधिको प्रदर्शनमा) भएको र सेप्टेम्बरको अन्त्यदेखि संचालित भईराखेको बताइएको छ।
साथै पछि गएर क्यानाडा र संयुक्त राज्य अमेरिकामा उक्त हाइड्रोजन–पार्वड ट्रेनलाई पुरै प्रयोगमा ल्याईने लक्ष्य राखेको उल्लेख छ। “मलाई लाग्छ कि यसबाट बाहिर निस्कने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रविधिसँग मानिसहरूको जागरूकता र आराम हो” ओन्टारियोको हाइड्रोजन बिजनेस काउन्सिलका कार्यकारी निर्देशक रोबर्ट स्टास्कोले बताएको इनग्याजेटमा उल्लेख छ।
क्यानेडियन लोनर क्युबेक शहरको मोन्टमोरेन्सी फल्सबाट बाई–सेन्ट–पलसम्म संचालनमा रहेको र उक्त यात्राको अवधि साढे दुई घण्टाको भएको उल्लेख गरिएको छ। रेलको उच्च गति १४० किमी प्रति घन्टा (८७ माइल प्रति घण्टा) रहेको छ भने यसले आफ्नो दुई ओटा यात्रु कारहरूमा १२० जनासम्म मानिसहरु बोक्न सक्ने उल्लेख छ।
रेल निमार्ण गर्ने फ्रान्सेली कम्पनी अल्स्टोमका अनुसार उक्त हाइड्रोजन–पार्वड ट्रेनको एक्सेलेरेशन र ब्रेकिङ पर्फमेन्स –उत्सर्जन बिना नै एक स्ट्याण्डर्ड (मानक) डिजेल–इन्जिन ट्रेनहरूसँग तुलना गर्न सकिने बताइएको छ। युरोपमा धेरै जसो बिजुलीको रेल वा ओभरहेड तारका साथ रेलहरू प्रयोग गर्ने गरिएको छ भने लामो दूरी र अपेक्षाकृत कम यात्रु घनत्वको साथ हाइड्रोजन रेलहरू क्यानाडाको ग्रामीण इलाका जस्ता ठाउँहरूको लागि उपयुक्त भएको बताइएको छ।
त्यसैगरी सोहि मोडलको रेल ‘कोराडिया आइलिन्ट’ पहिले नै युरोपका आठ ओटा देशहरूमा चलेको बताइएको छ। साथै एकै मोडलका १४ ओटा रेल गत वर्षदेखि जर्मनीको लोअर सक्सोनी रुटमा चलाउन थालिएको उल्लेख छ।
सन् २०१८ देखि अलस्टोमले रेलहरूको परीक्षण सुरु गरेको र जर्मनी, इटाली र फ्रान्समा थप सम्झौताहरू गरिएको बताइएको छ। कम्पनीका अनुसार युरोपेली ग्राहकहरूले ४१ वटा ट्रेनसेटहरू अर्डर गरेको बताइएको छ।
कोराडिया आइलिन्टले “दिनमा लगभग ५० किलोग्राम हाइड्रोजनको बलपार्क प्रयोग गर्ने ट्रेनको हाइड्रोजन इन्धन आपूर्तिकर्ता हनोइस एनर्जीका सीईओ सर्ज हर्नोइसले बताएका छन्। तर सोहि यात्राको लागि एउटा स्ट्याण्डर्ड इन्जिनले लगभग ५०० लिटर डिजेल इन्धन जलाउने उल्लेख छ।
उक्त हाइड्रोजन–पार्वड ट्रेनले आफ्नो शक्ति उत्पन्न गर्न इन्धन कक्षमा हाइड्रोजन र अक्सिजनको संयोजनको वाईप्रोडक्टको रूपमा आफ्नो यात्रामा जल वाष्प मात्र उत्सर्जन गर्ने बताइएको छ।
उक्त तीन–महिने डेमोमा संलग्न गर्न केही अस्टेरिस्क (ताराहरू) रहेको बताइएको छ। पहिलो, प्रत्येक पटक इन्धन भर्दा रेलमा हाइड्रोजन ढुवानी गर्न डिजेलबाट चल्ने ट्रक चाहिने उल्लेख छ। हार्नोइसका अनुसार आदर्श रूपमा, यस चरणबाट बच्नको लागि हाइड्रोजन अनसाइट उत्पादन हुनेछ।
यद्यपि, रेल आफ्नो समर रेसिडेन्स (गर्मी निवास) पछि उत्तर अमेरिकाको अन्य शहरहरूमा सर्ने उल्लेख गरिएको छ। साथै यस भ्रमणको लामो–लक्ष्य भनेको विभिन्न उत्तर अमेरिकी क्षेत्रहरूमा व्यापक रुपमा हाइड्रोजन–ट्रेन अपनाउनको लागि प्रवर्द्धन गर्न मद्दत गर्ने भएको र सो सफल भएको खण्डमा यसको डिजेल–ट्रक टप–अफ्स र एट्लान्टिक पारको यात्राबाट कार्बन फुटप्रिन्ट अफसेट भन्दा बढी हुन सक्ने सम्भावना रहेको छ।
प्रकाशित: १६ असार २०८०, शनिबार