म्याक्लारेनको लाभोई सिरिज १ फोल्डेबल इलेक्ट्रिक स्कुटर अनावरण

  • Technology Khabar | १४ असार २०८०, बिहीबार
म्याक्लारेनको लाभोई सिरिज १ फोल्डेबल इलेक्ट्रिक स्कुटर अनावरण

काठमाडौं ।

म्याक्लारेन एप्लाइडले लाभोई सिरिज १ इलेक्ट्रिक स्कूटर अनावरण गरेको छ। इयान क्यालमद्वारा डिजाइन गरिएको उक्त हाई–पावर्ड फोल्डेबल स्कूटरको निर्माण म्याक्लारेनको नयाँ सब–ब्रान्डले गरेको बताइएको छ।

फोल्ड गर्न मिल्ने डिजाइनको साथ आउने यस नयाँ स्कुटरको पहिले नै पेटेन्टको लागि दायर गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

लाभोई सिरिज १ स्कूटरको पाङ्ग्रा मुभ गर्नको लागि बटन थिपे मात्र पुग्नेछ।साथै यस नयाँ स्कूटरमा रहेको डिजाइनले ब्रान्डलाई पार्क मोड प्रयोग गर्नुको सट्टा किकस्टार्ट छोड्न सक्षम बनाएको उल्लेख गरिएको छ। त्यसैगरी लाभोई सिरिज १ ब्याट्री आकारमा आधारित दुईओटा विकल्पहरू उपलब्ध रहेको उल्लेख गरिएको छ।

यस नयाँ स्कुटरको मानक मोडल ४६८डब्लुएच ब्याट्रीसँग आउनुका साथै १२ माइल प्रति घण्टाको औसत गतिमा २५ माइलको दायरा प्रदान गर्ने बताइएको छ। स्कुटरको दोस्रो मोडल लाभोई सिरिज १ म्याक्समा ७०२डब्लुएच ब्याट्री समावेश गरिएको र यसको दायरा ३८ माइल रहेको छ। लाभोई सिरिज १ को ब्याट्रीलाई वाटरप्रूफ र कडा खोल भित्र राखिनुका साथै युरोप र उत्तरी अमेरिकाका ब्याट्री सुरक्षा मापदण्डहरू अनुरूप रहेको उल्लेख छ। यसको ब्याट्री तीन घण्टा भित्र पूर्ण चार्ज हुने उल्लेख गरिएको छ।

लाभोई सिरिज १ मा इको मोड १, क्रुजिङ मोड २ र स्पोर्टी मोड ३ गरी कुल तीन पावर मोडहरू उपलब्ध रहेका छन्। साथै मोड ३ ले अन्टिमेट पावर र फूल थ्रोटल प्रदान गर्दछ।

म्याक्लारेन लाभोई सिरिज १ ई–स्कुटर्सको मानक संस्करणको मूल्य १,८९० पाउण्ड (२,४०४ डलर) र म्याक्स संस्करणको मूल्य २,१९० पाउण्ड (२,७८ डलर) रहेको छ। नयाँ म्याक्लारेन/क्यालम द्वारा विकसित ई–स्कुटरका दुई संस्करणहरूमा २५माइल प्रति घण्टाको शीर्ष अप्रतिबंधित गति रहेको उल्लेख गरिएको छ।

त्यसै गरी लाभोई सिरिज १ सीमित एकाइहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ। यस नयाँ स्कुटरको ४६९ इकाइहरू बिक्रीमा हुनेछन्।

प्रकाशित: १४ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...