निःशुल्क विद्युतीय चुलो वितरण

Technology Khabar ११ असार २०८०, सोमबार

निःशुल्क विद्युतीय चुलो वितरण
ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिर

काठमाडौं ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयातलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ। नगरपालिकाले यस वर्ष १३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधिलाई विद्युतीय चुलो प्रदान गरेको हो। चालु आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले दुई सय वटा चुलो खरिद गरेको थियो।

जसमध्ये नगरपालिका भरिका शिक्षिका र पूर्वमहिला जनप्रतिनिधिलाई नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले चुलो प्रदान गरे। बाँकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने प्रमुख राईले बताए। देश बाहिर जाने रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको उनको भनाइ छ। “आजभोलि धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अत्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युत्को महसुल तिर्नु परे पनि आफ्नै देशमा रहन्छ,” नगर प्रमुख राईले भने।

चालु आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्र निरन्तर चल्ने छ।

“विद्युतीय चुलो प्रयोग गर्दा विद्युत् महसुलभन्दा बढी उठ्छ्, त्यसैले महसुल तिर्न सक्ने र ग्यास प्रयोग गरिरहेकालाई यो वर्ष प्रदान गरेका छौँ,” उनले भने। गोरखापत्रबाट

प्रकाशित: ११ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया