
काठमाडौं ।
काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा अनिवार्य रुपमा जीपीएस जडान गरी ई–ट्रान्सपोर्ट एपमा आवद्ध गरिने भएको छ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको नीति तथा कार्यक्रम महानगरमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य रुपमा जीपीएस जडान गरी ई-ट्रान्सपोर्ट एपमा आवद्ध गर्ने बताइएको हो।
यस्तै काठमाडौंको सहरी यातायातको विकासका लागि सरकारसँग सहकार्य गरी ई-बीआरटी (इलेक्ट्रोनिक बस र्यापिड ट्रान्सिट), फ्लाई ओभरको सम्भाव्यता अध्ययन गरिनेछ। यसका लागि एक वर्ष भित्रै ठोस प्रस्ताव पेश गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
साथै, विद्युतीय सार्वजनिक यातायातलाई प्रवर्धन गर्ने पनि महानगरको नीति छ।
प्रकाशित: ६ असार २०८०, बुधबार