रियलमी “नार्जो ६०” सिरिजका फोनहरू लन्च गर्ने तयारीमा

  • Technology Khabar | ६ असार २०८०, बुधबार

काठमाडौं ।

रियलमीले चाँडैनै नार्जो ६० श्रृंखला फोनहरू लन्च गर्ने तयारीमा रहेको छ। यसका टिजरहरूको पहिलो सेट पहिले नै लाइभ भइसकेको छ।

“मिसन नार्जो ” ट्यागलाइनको साथ रियलमी नार्जो ६० श्रृंखलाको साथ फोन लन्चको लागि जाँदै छ।पहिलो टिजरहरूले फोनमा २५०,००० भन्दा बढी तस्बिरहरू राख्ने विकल्प भएको तथा यसमा १ टीबी स्टोरेज हुने जानकारी दिइएको छ। कुल स्टोरेज माइक्रोएसडी कार्ड एक्सपान्सनमार्फत विस्तार गर्न सकिनेछ।

नार्जो ६० फाइभजी भर्खरै डाइमेन्सिटी ६०२० चिपसेट, ८ जीबी र्याम र एन्ड्रोइड १३ को साथ गीकबेन्च मा देखा परेको थियो। रियलमीले २२ र जुन २६ मा नार्जो ६० श्रृंखलामा थप विवरणहरू प्रकट गर्ने बताइएको छ भने यो जुलाईको सुरुमा लन्च हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया