सिजीका वासिङ्ग मेसिनहरुमा १० वर्षे वारेन्टी

Technology Khabar १२ मंसिर २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । सिजी इलेक्ट्रोनिक्सले १० वर्षे वारेन्टी भएको वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ ।

सिजीले आफ्ना ग्राहकको माग र चाहनालाई ध्यानमा राख्दै विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिन ल्याएको हो ।

कम्पनीले मोटरमा १० वर्ष वारेण्टीसहित सिजी वासिङ्ग मेसिनहरु बजारमा ल्याएकाे हाे ।

यी वासिङ्गमेसिनहरुमा वाटर म्याजिक क्युब, वासर तथा ड्रायर जस्ता विशेष सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

जसको सहयोगले केवल एक बटम थिचेर आफ्नो लुगाहरु सजिलैसँग धुने र सुकाउने झन्झट बिना गर्न सकिनेछ । वाटर म्याजिक क्युब अन्तर्गत सुपर ‘एस’ विङ्स र वाटर क्युब ड्रम रहेका छन् ।

यसको प्रयोगले अन्य वासिङ्ग मेसिनभन्दा ३३% कम पानीको खपतमा लुगा सफा हुने कम्पनीको दाबी छ ।

प्रकाशित: १२ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया