विण्डोज ११ मा आयो नयाँ सुरक्षा सुविधा, अब प्रयोगकर्ताको व्यक्तिगत डाटा हुनेछ सुरक्षित

  • Technology Khabar | ३१ जेष्ठ २०८०, बुधबार
विण्डोज ११ मा आयो नयाँ सुरक्षा सुविधा, अब प्रयोगकर्ताको व्यक्तिगत डाटा हुनेछ सुरक्षित

काठमाडौं ।

माइक्रोसफ्टले लोकप्रिय अपरेटिङ सफ्टवेयर विण्डोज ११ मा एप प्राइभेसी सेटिङ्स र अपडेट गरिएको भीपीइनसहित नयाँ सुरक्षा सुविधाहरू थपेको छ। यी नयाँ सुविधाहरूमार्फत, प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत डाटा सुरक्षित राख्न सक्षम हुनेछन्।

यी सेक्युरिटी फिचरहरूसँगै प्रयोगकर्ताले आफ्नो डाटामाथि पूर्ण नियन्त्रण राख्ने र त्यसको प्रयोग गरेर डाटा कहिल्यै लीक नहुने कम्पनीले जनाएको छ।

सुरक्षाका लागि भिपीएन फिचर अपडेट गरिएको कम्पनीले जनाएको छ। यो सुविधा अब प्रयोगकर्ताहरूले विण्डोज ११ को टास्कबारमा सानो शिल्ड आइकनको रूपमा देखिनेछ। यस सुविधालाई क्विक सेटिङ्समा गएर पनि अनुकूलित गर्न सकिन्छ।

कम्पनीले थप खुलासा गरेको छ कि विण्डोज ११ संचालित पीसीहरू शक्तिशाली प्लुटन सेक्युरिटी प्रोसेसरले सुसज्जित हुनेछन्, जसले चिपदेखि क्लाउडमा सुरक्षा प्रदान गर्नेछ। यसको आगमनका साथमा, मालवेयर र साइबर आक्रमणहरू सजिलै रोक्न सकिन्छ।

यस्तै माइक्रोसफ्टका अनुसार प्रयोगकर्ताको खातालाई सुरक्षित राख्न प्लेटफर्ममा ब्याजिङ सुविधा थपिएको छ। थप रूपमा, उनीहरूको व्यक्तिगत विवरणहरू र फाइलहरू सुरक्षित राख्दै प्रयोगकर्ताहरूले यस महिनादेखि विण्डोज ११ स्टार्ट मेनुमा वास्तविक-समयमा अलर्टहरू प्राप्त गर्नेछन्।

साथै, कम्पनीले प्रयोगकर्ताको सुरक्षातर्फ यो पहिलो कदम भएको र आगामी दिनमा थप सेक्युरिटी फिचर ल्याउने बताएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...