बीवाइडीको एइटो ३ विद्युतीय सवारीको नयाँ मूल्य निर्धारण, यस्तो छ खरिद मूल्य

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
बीवाइडीको एइटो ३ विद्युतीय सवारीको नयाँ मूल्य निर्धारण, यस्तो छ खरिद मूल्य

काठमाडौं ।

साइमेक्स इंक प्रालिले नेपालमा बीवाइडीका बिद्युतीय सवारीको नयाँ मूल्य निर्धारणको घोषणा गरेको छ।

बीवाइडी अटोको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो अत्याधिक माग भएको बीवाइडी एइटो विद्युतीय सवारीको नयाँ मूल्यहरु सार्वजनिक गरेको हो।

आर्थिक बर्ष २०८०/८१ को बजेटअनुसार कर नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गर्ने बाध्यात्मक परिस्थिति आएको दाबी गरेको छ। संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन कम्पनी प्रतिबद्ध भएको बताएको छ।

कम्पनीकाअनुसार यस घोषणाको मुख्य विशेषताहरु मध्ये एक ४९.९२ किलोवाट आवर ब्याट्री प्याकले सुसज्जित बीवाइडी एइटो ३ को कम ब्याट्री क्षमताको संस्करणको परिचय दिने र साथै यसको थप उद्देश्य भनेको ग्राहकहरुको विविध आवश्यकता र प्राथमिकताहरु पूरा गर्ने, दिगो गतिशीलतासंगै किफायती क्षमतालाई सन्तुलित गर्ने विकल्प प्रदान गर्ने हो।

यस अघि बीवाइडी एइटो ३ का १०० र १५० किलोवाट मोटर संस्करणमा उपलब्ध थिए। जसको मूल्य हालैको करको दर परिवर्तन अघि क्रमशः ६४.९ लाख र ८९.९ लाख रुपैयाँ रहेको थियो।

मूल्य निर्धारणमा समायोजन पश्चात अब ग्राहकहरुले विकल्पहरु छनोट गर्न सक्ने  बताएको छ।

जसअनुसार बीवाइडी एइटो ३ मा १०० किलोवाट (६०.४८ किलोवाट आवर ब्याट्री प्याक) – ६५.८८ लाख रुपैयाँ तोकेको छ भने बीवाइडी एइटो ३ मा १०० किलोवाट (४९.९२ किलोवाट आवर ब्याट्री प्याक) – ५५.९९ लाख रुपैयाँ तथा बीवाइडी एइटो ३ मा १५० किलोवाट(६०.४८ किलोवाट आवर ब्याट्री प्याक) – ८१.९९ रुपैयाँ तोकिएको जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...