
काठमाडौं ।
अटोमोबाइल उद्योग द्रुत रूपमा परिवर्तन हुँदै गइरहेको छ। विभिन्न फङ्गसन्स परफर्म गर्ने क्षमताको साथ कारहरू पनि कम्प्यूटर र स्मार्टफोनहरू जस्तै बन्दै गएका छन्। यसले अटोमेकरहरू र टेक्नोलोजी कम्पनीहरू बीच सहकार्यको लागि नयाँ अवसरहरू खोलेको छ।
हालै मात्र सामसङले २०२५ को हुन्डाई कारहरूको पावरको लागि भनेर भर्खरै आफ्नो नयाँ हाइ–इन्ड एक्सिनोस अटो चिप अनावरण गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
सामसङ र हुन्डाईले नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक भेहिकल टेक्नोलोजी (अर्को पुस्ताको विद्युतीय सवारी साधनको प्रविधि) विकास गर्नको लागि साझेदारीको घोषणा गरेका छन् । सम्झौताको एक भागको रूपमा सामसङले आफ्नो एक्सिनोज प्रोसेसर हुन्डाईको ईभीहरूमा प्रयोगको लागि उपलब्ध गराउने भएको छ। एक्सिनोस प्रोसेसर मोबाइल प्रोसेसरहरूको परिवार भएको र धेरै वर्षदेखि स्मार्टफोन र ट्याब्लेटहरूमा प्रयोग भइरहेको छ।
यद्यपि, सामसङले ईभीहरुको प्रयोगका लागि भनेर एक्सिनोस अटो भी९२० भनिने एक विशेष चिप विकास गरिरहेको बताइएको छ। यस चिपले हुन्डाईको नेक्स्ट–जेनेरेसन इन्फोटेनमेन्ट सिस्टम र एडभान्स्ड ड्राइभिङ असिस्टेन्स फिचरर्सलाई पावर गर्ने बताइएको छ।
एक्सिनोस अटो भी९२० एक शक्तिशाली चिप भएको र आधुनिक कारहरूको माग पूरा गर्नको लागि भनेर यस चिपको डिजाइन गरिएको दाबी गरेको छ। यस चिपमा १०–कोर सीपीयू, एक शक्तिशाली जीपीयू र एक न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) रहेको हुनाले एडभान्स्ड ड्राइभिङ असिस्टेन्स फिचरर्सलाई ह्यान्डल गर्न सक्नेछ। साथै चिपले ६ ओटा हाई–रिजोल्युसन डिस्प्ले र १२ ओटा क्यामरा सेन्सरहरूलाई पनि समर्थन गर्ने बताइएको छ।
भी९२० ले एक्सिनोस अटो चिप्सको अघिल्लो पुस्ताको तुलनामा उल्लेखनीय प्रदर्शन सुधार प्रदान गर्ने उल्लेख छ। यस चिपको सीपीयू १.७ एक्स फास्ट रहेको छ भने जीपीयू दोब्बर र एनपीयू २.७ एक्स तिब्र भएको उल्लेख छ। यसले थप रेस्पोन्सिभ र इमर्सिभ इन्फोटेनमेन्ट एक्सपिरियन्सका साथै एडभान्स्ड ड्राइभिङ असिस्टेन्स फिचर्सको प्रदर्शनको लागि अनुमति दिनेछ।
त्यसैगरी भी ९२० लाई एएसआईएल–बी (अटोमोटिभ सेफ्टी इन्टिग्रिटी लेभल बी) अनुरूप बनाउन पनि डिजाइन गरिएको बताइएको छ। यसको मतलब यस भी९२० लाई अटोमोटिभ एप्लिकेसन्सको लागि उच्चतम सुरक्षा मापदण्डहरू पूरा गर्न डिजाइन गरिएको भन्ने बुझिन्छ।
सन् २०२५ देखि हुन्डाई कारहरूमा सामसङको भी९२० चिपसेट उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार