
काठमाडौं ।
शाओमीले चाँडै नै इटालियन बजारमा ९४० वाटको पीकपावर भएको इलेक्ट्रिक स्कूटर ४ अल्ट्रा रिलिज गर्ने सम्भावना रहेको छ। शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्रा ५०० वाटको इलेक्ट्रिक मोटरद्वारा पावर्ड (सञ्चालित) भएको र प्रति घन्टा २५ किलोमिटरको उच्च गति प्रदान गर्ने उल्लेख छ।
साथै यस फोल्डिङ ई–स्कुटरले एक पटकको चार्जमा ७० किलोमिटरको दायरा तय गर्ने बताइएको छ। यस वर्षको सुरुमा शाओमीको यस नयाँ ४ अल्ट्रा ई–स्कुटर फ्रान्स, स्पेन र केहि अन्य देशहरूमा लन्च गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
शाओमीले सुरुमा यस इलेक्ट्रिक स्कूटर ४ अल्ट्रालाई एमडब्लुसी २०२३ मा प्रदर्शन गरेको थियो। यस नयाँ शक्तिशाली शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्रा पहिलो पटक इटालीमा लन्च हुने डिक्लेरेसन अफ कन्फर्मेटि डकुमेन्ट (कागजात) ले संकेत गरेको उल्लेख छ। उक्त कागजात शाओमीको ई–स्कुटर ब्रान्ड नाभीद्वारा दायर गरिएको र मोडेल नम्बरहरू डीडीएचबीसी०१ जेडएम र डीडीएचबीसी०२ जेडएम रहेको उल्लेख गरिएको छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्रामा चारओटा राईडिङ्ग मोडहरू रहेको छ। यस राईडिङ्ग मोडहरूले बाइकलाई २५ प्रतिशतसम्मको इनक्लाइन्समा आरोहण गर्न दिनुका साथै विभिन्न भूभागहरूमा सहजता सामना गर्न अनुमति दिने उल्लेख छ। साथै स्कूटरमा समावेश बिल्ट–इन ५६१.५ वाट आवर ब्याट्रीले लगभग ७० किलोमिटरको एसिस्टेन्ट रेञ्ज प्रदान गर्ने दावी गरिएको उल्लेख छ। त्यसैगरी स्कुटरमा रहेको डुअल सस्पेन्सन सिस्टम (प्रणाली) र ई–एबीएस ब्रेकहरूले आरामदाई यात्रा सुनिश्चित गर्ने बताइएको छ। शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्रामा सजिलै फोल्ड गर्न मिल्ने फ्रेम रहेको र कम्प्यानियन एपमा राईड इन्फर्मेसन हेर्न सकिने छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्राको हालको युरोपेली मूल्य ९९९ युरो (१,०७१ डलर) रहेको उल्लेख छ।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार