एम २ अल्ट्रा चिप्ससहितको एप्पल म्याक स्टुडियो एम २ म्याक्स घोषणा

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
एम २ अल्ट्रा चिप्ससहितको एप्पल म्याक स्टुडियो एम २ म्याक्स घोषणा

काठमाडौं ।

एप्पलले सोमबार राती आयोजना गरेको डब्लुडब्लुडीसी कार्यक्रमको क्रममा, आफ्नो नवीनतम प्रस्ताव म्याक स्टुडियो लन्च गरेको छ।

यो प्रभावशाली मेसिन एम २ अल्ट्रा सिस्टम अन चिप्सका साथ सुसज्जित रहेको छ। जुन अघिल्लो एम १ अल्ट्रा मोडेलको महत्त्वपूर्ण अपग्रेडको प्रतिनिधित्व गर्दछ। सबैभन्दा शक्तिशाली इंटेलमा आधारित २७ इन्च आईम्याकलाई पनि पार गर्दै  म्याक स्टुडियोले ग्राउन्डब्रेकिङ प्रदर्शन प्रदान गर्ने एप्पलले दाबी गरेको छ।

एम २ म्याक्स भएको म्याक स्टुडियोले १२ कोर सिपीयू, ३८ कोर सम्मको जिपीयू, र ४०० जीबी/एसको मेमोरी ब्यान्डविथ सहितको प्रभावशाली ९६ जीबी एकीकृत मेमोरी बुस्ट गर्ने बताइएको छ।  यो कन्फिगरेसनले एम २ म्याक्सलाई पहिलेको भन्दा ५० प्रतिसत छिटो र सबैभन्दा शक्तिशाली आईटेल बेस्ड आईम्याक भन्दा आश्चर्यजनक ४ गुणा छिटो बनाउने एप्पलले दावी गरेको पनि बताइएको छ।

अझ बढी शक्ति खोज्नेहरूका लागि, एम २ अल्ट्राको साथ म्याक स्टुडियोले प्रदर्शनलाई अर्को स्तरमा लैजाने तथा यसले उल्लेखनीय २४ कोर सिपीयू , ७६ कोर सम्मकोजिपियू र ८०० जीबी/ एस को एकीकृत मेमोरी ब्यान्डविथको साथ १९२ जीबीसम्म मेमोरी प्रदान गर्नेछ।

एम २ अल्ट्राले एम २ म्याक्सको दोब्बर कार्यसम्पादन र क्षमताहरू प्रदान गर्ने तथा एम १ अल्ट्राको साथ अघिल्लो पुस्ताको म्याक स्टुडियोको तुलनामा ३ गुणा छिटो प्रदर्शन गर्ने एप्पलले दाबी गरेको बताइएको छ।

एप्पलले म्याक स्टुडियोको प्रदर्शन क्षमताहरू पनि बढाएको छ। यसले अब आश्चर्यजनक ८ के रिजोल्युसन र स्मुथ २४० हर्ज फ्रेम दरहरूको लागि अनुमति दिँदै उच्च ब्यान्डविथ एचडीएमआई समर्थन गर्नेछ। यसबाहेक,एम २ अल्ट्राको साथ, म्याक स्टुडियोले एकै साथ रहेको र  प्रो डिस्प्ले एक्सडिआर हरू ह्यान्डल गर्न सक्ने तथा अतुलनीय दृश्य अनुभवहरूको लागि सम्भावनाहरू खोल्ने बताइएको छ। म्याक स्टुडियोले अब वाईफाई ६ ई र ब्लुटुथ ५.३ लाई समर्थन गर्नेछ।

म्याक स्टुडियोले यसको पछाडि, चार थन्डरबोल्ट ४ पोर्टहरू, एक १० जीबी इथरनेट पोर्ट, एक सुधारिएको एचडिएमआई पोर्ट, तथा दुई यूएसवी ए पोर्टहरू समावेश गर्नेछ। थप रूपमा, अगाडिको प्यानलले दुई ओटा यूएसबी सी पोर्टहरू र एउटा एसडी कार्ड स्लट प्रदान गर्ने छ जसले फोटो र भिडियोहरू आयात गर्नको लागि सुविधाजनक पहुँच प्रदान गर्ने पनि बताइएको छ।

भर्खरै लन्च गरिएको म्याक स्टुडियो खरीदको लागि उपलब्ध रहेको तथा यो अमेरीकी डलर १,९९९ को आधार मूल्यमा सुरु हुने छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार