वुलिंग एयर ईभी किन्दा ६० किमी गुड्ने इलेक्ट्रिक साइकल पाइने

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
वुलिंग एयर ईभी किन्दा ६० किमी गुड्ने इलेक्ट्रिक साइकल पाइने

काठमाडौं ।

३१ वर्ष पुरानो बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिंग इलेक्ट्रिक कार खरिद गर्दा ६० किमी माइलेज दिने इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने अफर ल्याएको छ।

कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाई ६० किलोमिटर माइलेज दिने बोस मोटर्स र सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ।

यो योजना जेठ २३ गतेदेखि सुरु भएको छ। वुलिंग कार खरिद गर्न चाहनेले नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

कम्पनीले नेपालमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ।

इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजार २०० र ३०० किलोमिटर रेञ्जमा उपलब्ध छ।

वुलिंग इलेक्ट्रिक कार रिमोटबाट स्टार्ट हुने, सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँको खर्चमा ३०० किलोमिटर गुड्नो कम्पनीको दाबी छ। हिड्न मिल्ने कार हो, यो कार चढेपछी खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्स मा खर्च नहुने र वातावरणमैत्री छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार