आउँदो वर्षाको समयमा यसरी सुरक्षित राख्नुस् आफ्नो विद्युतीय गाडीको ब्याट्री

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
आउँदो वर्षाको समयमा यसरी सुरक्षित राख्नुस् आफ्नो विद्युतीय गाडीको ब्याट्री

काठमाडौं ।

अहिले चर्को घामले गर्दा गर्मीको मौसम चरम अवस्थामा छ। तर केहि दिनपछि नै वर्षाको मौसम आउँदैछ। वर्षाको समय भन्ने बित्तिकै पानी र हिलोको सम्झना हुन्छ भने लगाता हुने झरीले समस्या नै सिर्जना गर्न सक्दछऽ वर्षातको मौसम कार मालिकका लागि चुनौतीपूर्ण हुन्छ। भारी वर्षातबाट कारको कुनै पनि डिभाइसमा नोक्सान हुन सक्छ। यसको सबैभन्दा बढी मारमा ईभी पर्ने गरेको छ। वर्षातमा कारको ब्याट्रीको सुरक्षा महत्वपूर्ण मानिन्छ।

कारको ब्याट्री सुरक्षित हुँदा राम्रो प्रदर्शन प्रदान गर्नुका साथै अचानक रोकिने समस्या आउँदैन। अतिरिक्त चिसोबाट ब्याट्री खराब हुन सक्नेका साथै खियाँ लाग्छ, क्षमता कम र पूर्ण रुपमा खराब पनि हुन्छ।

ब्याट्री सुरक्षित

यो सबैभन्दा सजिलो र महत्वपूर्णा टिप्स हो। वर्षातको समयमा कारको ब्याट्री सुरक्षित राख्नुपर्छ। ड्राइभिङको समयमा कारको ब्याट्री आफ्नो स्थानबाट नहलियोस् भन्नका लागि सबै नट बोल्ट टाइट राख्नुपर्छ।

ब्याट्री टर्मिनल कुनै पनि ब्याट्रीको सबैभन्दा सम्बेदनशिल पार्ट हुन्छ। र, ब्याट्री सहि स्थानमा नहुँदा टर्मिनल खराब हुन सक्छ। वर्षातको कारण सडक चिप्लो हुँदा, खाल्डा खुल्टी सडकमा कार चलाउँदा ब्याट्री हल्लिने सम्भावना अधिक रहन्छ।

खिया चेक गर्ने

वर्षातको समयमा ब्याट्रीमा खियाँ लाग्ने अधिक सम्भावना हुन्छ। यो वर्षातको सिजनको सबैभन्दा ठूलो समस्या हो। हुमिडिटी धेरै हुँदा कारको ब्याट्रीको एसिड छिट्टै वाफ बन्न सक्छ।

खियाँ लागेको छ कि छैन भनेर थाहा पाउनका लागि ब्याट्रीको नेगेटिभ टर्मिन चेक गर्नुपर्ने हुन्छ। यदि टर्मिनलमा हरियो लेयर देखिएको छ भने ब्याट्री क्लीनरको प्रयोग गरेर टर्मिनल सफा गर्नुपर्छ। त्यस पछि खियाँ हटाउनका लागि सफा कपडाले पुछ्नुपर्छ।

केबल्स चेक गर्ने

ब्याट्री टर्मिनल केबल्ससँग जोडिएको हुन्छ। सामान्यतया केबल्स राम्रोसँग इन्सुलेटेड हुँदैन। जसका कारण समयसँगै यो एक्सपोज हुन्छ। यस्तोमा वर्षाको समयमा सर्ट सर्किट हुने अधिक खतरा रहन्छ।

ब्याट्री सफा गर्ने

आफ्नो कारको ब्याट्री वर्षातको सिजनमा मात्र नभएर अन्य समयमा पनि सफा गर्नुपर्ने हुन्छ। नियमित ब्याट्री सफा गर्दा वर्षातको सिजनमा लाग्ने धूलो र हिलो सहन सक्छ। हावा हुरीसँगै हुने वर्षात पछि ब्याट्री सफा गर्न बिर्सनु हुँदैन।

ब्याट्री सर्भिसिङ गर्ने

समय समयमा आफ्नो कारको ब्याट्री आधिकारिक सर्भिस सेन्टरमा लगेर सर्भिसिङ गराउँनुपर्छ। नियमित र राम्रोसँग ब्याट्री सर्भिसिङ गर्दा यसको यात्रु बढाउन सकिन्छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...