बेलायतको मिल्टन केन्समा चालकविहीन कार भाडा सेवा सुरु

  • Technology Khabar | १९ जेष्ठ २०८०, शुक्रबार
बेलायतको मिल्टन केन्समा चालकविहीन कार भाडा सेवा सुरु

काठमाडौं ।

ड्राइभरलेस (चालकविहीन) कार भाडामा उपलब्ध गराउने सेवा बेलायतको मिल्टन केन्समा सुरु गरिएको छ।

फेच भेहिकल सिस्टमले १८ महिनादेखि ड्राइभरलेस कार मिल्टन केन्समा परीक्षण गरिएको थियो। र, अब कार भाडामा लिन चाहने ग्राहकहरु को लागि पनि सेवा उपलब्ध हुने बीबीसीले उल्लेख गरेको छ।

ड्राइभरलेस कारहरु अफिमा आधारित अपरेटरद्वारा नियन्त्रण गरिने यस सेवा सञ्चालन गर्ने कम्पनी इम्पेरियम ड्राइभले जानकारी दिएको छ। यस प्रकारको सेवा युरोपमा पहिलो भएको कम्पनीको दाबी छ।

कम्पनीका प्रमुख कार्यकारी कुशा कावेहले भने, ‘यो चालकविहीन छ तर अझै–स्वायत्त छैन।’
कारको अपरेटरले गाडीमा निर्मित क्यामेराहरू प्रयोग गरेर सडकहरूको ३६०–डिग्री भ्यू प्राप्त गर्छन्। साथै अपरेटिङ सफ्टवेयरमा एन्टी–क्र्यास सेफ्टी सिस्टमहरु छन्।

ग्राहकहरुले एपका माध्यमबाट कार भाडामा लिन सक्नेछन्। साथै उनीहरुले आफै पनि कार चलाउन सक्नेछन्। मिल्टन केन्स सहरको ६.४ किलोमिटर दायरा भित्रमा ड्राइभलेस कार डेलिभरी पनि गरिन्छ।

भाडाको अवधि समाप्त भए पछि अपरेटरहरुले कारको कन्ट्रोल लिएर फिर्ता लिनेछन्।

कार पछिल्लो १८ महिनादेखि सहरको सडकमा परीक्षण गरिएको थियो। १ हजार ६०९ किलोमिटरको यात्रामा कुनै पनि दुर्घटना नघटेको इम्पेरियम ड्राइभको दाबी छ।

कावेहले भने, ‘यसमा अझै पनि मानिसको संगलनता छ। तर तिनीहरू नियन्त्रण केन्द्रमा बसिरहेका छन् जसरी तपाईं ड्रोनमा गाडी चलाउँदै हुनुहुन्छ।’

प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार