महँगा ईभीमा कर घटाइँदा, सस्ता ईभीमा बढाइयो

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
महँगा ईभीमा कर घटाइँदा, सस्ता ईभीमा बढाइयो

काठमाडौं ।

सरकारले ठूला क्षमताका इलेक्ट्रिक गाडीमा कर घटाउने र साना क्षमताका इलेक्ट्रिक कारमा कर बढउनो नीति अबलम्बन गरेको छ। अर्थमन्त्री डा. प्रकाशसरण महतले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक मार्फत इलेक्ट्रिक सवारीको करमा हेरफेर गरेका हुन्।

अर्थमन्त्री महतले ५० देखि १०० किलोवाट क्षमताका इलेक्ट्रिक गाडीमा भन्सार महशुल बढाउनुका साथै अन्तःशुल्क थप गरेका छन्। यस अघि १० प्रतिशत भन्सार महशुल लाग्दै आएको ५० देखि १०० किलोवाट क्षमताका इलेक्ट्रिक गाडीमा ५ प्रतिशत विन्दुले बढाएर १५ प्रतिशत पुर्याइएको छ। भने, १० प्रतिशत अन्तःशुल्क थप गरिएको छ।

तर यस ठिक विपरित शक्तिशाली मोटर क्षमताका इलेक्ट्रिक गाडीका हकमा भने भन्सार महुसुल र अन्तःशुल्क दुवै घटाइएको छ।

१०० देखि २०० किलोवाट पिकपावर भएको इलेक्ट्रिक गाडीमा भन्सार र अन्तःशुल्क समान १० प्रतिशत विन्दुले घटाइएको छ। यस्ता इलेक्ट्रिक गाडीमा समान ३० प्रतिशत भन्सार र अन्तःशुल्क लाग्दै आएको हाल घटाएर समान २० प्रतिशत पुर्याइएको छ।

चालु आर्थिक वर्ष २०७९÷८० को बैशाख मसान्तसम्म २ हजार ९५५ यूनिट इलेक्ट्रिक कार भित्रिएका छन्। १०० किलोवाट पिकपावर क्षमतासम्मका इलेक्ट्रिक कार मात्र २ हजार ८८२ यूनिट छ। १०० किलोवाटसम्मका इलेक्ट्रिक कारमा भन्सार र अन्तशुल्क वृद्धि गरेर राजश्व बढाउने योजनामा सरकार देखिएको छ।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १६ जेष्ठ २०८०, मंगलवार