
काठमाडौं ।
नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्यांक अनुसार ३३ करोड ६४ लाख ८४ हजार रुपैयाँ बराबरको २ लाख ४९ हजार ३ यूनिट स्मार्टवाच भित्रिएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तमा ५१ करोड ९० लाख ६१ हजार रुपैयाँ बराबरको ३ लाख ५६ हजार २५७ यूनिट स्मार्टवाच आयात भएको थियो।
संख्याको आधारमागत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात २३ हजार ९७८ यूनिट अर्थात ३०.१० प्रतिशतले घटेको छ।
आयातको परिमाणसँगै रकम पनि घटेको छ। रकमको आधारमा चालु आवको स्मार्टवाचको आयात १८ करोड २५ लाख ७७ हजार रुपैयाँ अर्थात ३५.१७ प्रतिशतले घटेको छ।
स्मार्टवाचको आयातबाट सरकारले १० करोड ४५ लाख ९३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
गत आवको सोही अवधिमा यस्तो राजश्व १६ करोड ४४ लाख २८ हजार रुपैयाँ थियो।
२५ मुलुकबाट स्मार्टवाच नेपाल भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
चीनबाट २४ करोड ३५ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार २५ यूनिट स्मार्टवाच भित्रिएको छ।
भारतबाट ५ करोड ९२ लाख ५ हजार रुपैयाँ बराबरको २२ हजार ८९३ यूनिट स्मार्टवाच आयात भएको देखिन्छ।
बाँकी २३ मुलुकबाट ३ करोड ३७ लाख ३३ हजार रुपैयाँ बराबरको १ हजार ८५ यूनिट स्मार्टवाच नेपाल आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार