माइक्रोसफ्टले ओपनएआईको च्याटजीपीटीमा ‘बिङ सर्च’ लाई इन्टिग्रेट गर्ने

  • Technology Khabar | १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

माइक्रोसफ्ट बिल्ड २०२३ विकासकर्ता कार्यक्रममा, कम्पनीले केही महत्त्वपूर्ण घोषणाहरू गरेको छ। माइक्रोसफ्ट र ओपनएआई च्याट रोबोट प्लगइनहरूको नयाँ इकोलोजीमा काम गरिरहेको खुलासा गर्दै कम्पनीले  विन्डोज ११ मा चाँडै कोपाईलट भनिने नयाँ एआई असिस्टेन्ट प्राप्त गर्ने पनि पुष्टि गरेकोछ।

पछिल्लो रिपोर्टअनुसार माइक्रोसफ्टको बिङ्ग सर्चलाई चाँडै नै ओपनएआईको च्याटजीपीटीमा सीधा एकीकृत हुने बताईएको छ।

यस वर्षको सुरुमा यसको बिंग च्याटबोटको सुरुवात भएदेखि माइक्रोसफ्टले ओपनएआईको प्रविधिलाई मुख्य साझेदारको रूपमा प्रयोग गर्दै आएको तथा सफ्टवेयर जायन्टको च्याटजीपीटी परियोजनामा ​​यसको लगानी रहेको बताईएको छ।

एक ब्लग पोष्टमा, माइक्रोसफ्टले च्याटजीपीटीसँग अब विश्वस्तरीय खोज इन्जिन बनाइने, जुन थप समयसापेक्ष, अद्यावधिक जवाफहरू प्रदान गर्न र वेबबाट जानकारी तान्नको लागि बनाइएको बताएको छ। च्याटजीपीटीको जवाफहरू अब खोज र वेब डाटामा आधारित हुने तथा सबै सिधा च्याटमा  थप जान्नका लागी उद्धरणहरू समावेश गर्नेछ।

च्याटजीपीटी प्लसका सदस्यहरूले नयाँ बिङ खोज सुविधा पहिले प्राप्त गर्ने तर यो निकट भविष्यमा नि:शुल्क प्रयोगकर्ताहरूलाई एक प्लगइन मार्फत उपलब्ध हुनेछ, जसले च्याटबोटमा बिङ सर्चलाई थप्नेछ। प्लगइनहरूको कुरा गर्दा, माइक्रोसफ्टले  बिङ्ग च्याटले तेस्रो पक्षिय प्लगइनहरूलाई समर्थन गर्ने बताईएको छ। बिल्ड २२३ मा, कम्पनीले विकासकर्ताहरूले बिङ च्याट, च्याटजीपीटी, डायनामिक्स ३६५ कोपाईलट, माईक्रोसफ्ट ३६५ कोपाईलट, र विन्डोज कोपाईलट लगायत विभिन्न प्लेटफर्महरूमा काम गर्ने प्लगइनहरू सिर्जना गर्न सक्षम हुने पनि बताईएको छ।

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार